arrow

वर्तमान सत्ता समीकरण आगामी तीन वर्षसम्मै चल्छ - गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २७ शनिबार
gagan-31.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समीकरण आगामी तीन वर्षसम्म चल्ने दाबी गरेका छन् । महामन्त्री थापाले नेपाली कांग्रेस र एमालेले विगतमा ९ महिना, एक वर्ष तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्न सक्ने अवस्था बनेको भन्दै वर्तमान सरकारले पनि त्यो खालको काम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले विगतमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका मनमोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि भएको बताए ।

उनले यस पटक कांग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्ने भन्दै तीन वर्ष भनेको सानो समय नभएकाले नेपाली नागरिकले बेनिफिट पाउनुपर्ने बताए । उनले विगतमा २०४८ सालमा संविधान,२०७० मा संविधान पाएको उदाहरण दिँदै अहिले बिग्रेको अर्थतन्त्रको क्षेत्रमा ठोस रूपमा सुधार हुनुपर्ने बताए । उनले सुधार भए मात्रै दुई पार्टी मिलेर सरकार बनेको अर्थ रहने बताए । उनले केही जनता र उद्योगी व्यवसायीहरूको लागि भनेर वर्तमान सत्ता समीकरणले दिनरात नभनी अर्थतन्त्र सुधारको लागि काम गरिरहेको बताए । उनले सरकारले निजी क्षेत्रलाई व्यापार व्यवसायलाई सुकुलो र नीतिगत रूपमा सुधार गर्ने प्रयास गरिरहेको बताए ।

उनले भने,‘ नेपाली कांग्रेस र एमालेले विगतमा ९ महिना, एक वर्ष तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्न सक्ने अवस्था बन्दो रहेछ । त्यो विगतमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका मनमोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि हुन्छ । यो पटक कांग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्छ । तीन वर्ष भनेको सानो समय होइन । तीन वर्ष ठुला पार्टी मिलेर बनेको सरकारले चल्दै गर्दा नेपाली नागरिकले बेनिफिट पाउनुपर्छ । पहिला पनि पाएको थियो । २०४८ सालमा संविधान पायो । २०७० मा संविधान पायो । अहिले के पाउने हो । अहिले केही पाउनुपर्दैन सबै कुरा सम्हाल्छौँ । अहिले सबै भन्दा बढी बिग्रेको अर्थतन्त्र हो । अर्थतन्त्रको क्षेत्रमा ठोस रूपमा सुधार हुनुपर्छ । अनि मात्रै दुई पार्टी मिलेर सरकार बनेको अर्थ रहन्छ । नत्र सरकार पहिला पनि थिए चलेकै थियो । वर्तमान सत्ता समीकरणले दिनरात नभनी अर्थतन्त्र सुधारको लागि काम गरिरहेका छौँ । निजी क्षेत्रलाई व्यापार व्यवसायलाई सुकुलो र नीतिगत रूपमा सुधार गरौँ भन्ने हो । धेरै कुरा बिग्रिएकाले थोरै समय लाग्छ तर वर्तमान सरकारले सम्हाल्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ