arrow

साल्ट ट्रेडिङको नगद लाभांश १० प्रतिशत घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २८ आइतबार
salt-trading-corporation.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश (करसहित) दिने लाभांश घोषणा गरेको छ । 

यस कम्पनीको पुस २६ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । 

यसअघि आर्थिक वर्ष २०७९–८० मा यस कम्पनीले १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ