न्यून चापीय प्रणालीको प्रभाव : तीन प्रदेशमा हिमपातको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २९ सोमबार
465
Shares
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तीन प्रदेशको थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मौसम मुख्यतया सफा रहने विभागले बताएको छ।
भोलि मङ्गलबार भने देशभरीको मौसम मुख्यतया सफा रहने छ। विभागका अनुसार भोलि कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रको मौसम मुख्यतया सफा रहने सम्भावना छ ।