arrow

चौथो त्रिवेणी महोत्सव माघ १५ देखि 

logo
सुनिल आउजी, 
प्रकाशित २०८१ माघ ३ बिहिबार
tribeni-mahotsav-81-10-2.jpg

धनगढी । चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च नेपालले यही माघ १५ देखि २२ गतेसम्म त्रिवेणी महोत्सवको आयोजना गर्ने भएको छ । 

‘शिक्षा, कृषि, संस्कृति तथा जलमार्गको सम्भावनाः सेती, कर्णाली र भेरीको त्रिवेणी चिनाउने हाम्रो चाहना’ भन्ने मूल नाराका साथ चौथो पटक उक्त महोत्सवको आयोजना गर्न लागेको आयोजक संस्थाले बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च नेपालका अध्यक्ष वीरेन्द्रबहादुर रावलले महोत्सवले मोहन्याल गाउँपालिकामा पर्ने भेरी, कर्णाली र सेतीको संगम रहेको त्रिवेणी घाट, राजकाँडामा रहेको धुलिखेल, मालिका मन्दिर, कर्णालीका स्वच्छ माछा, र्याफ्टिङ तथा जलमार्गको पर्यटन प्रवर्दनमा टेवा पुर्याउन मद्दत मिल्ने बताए ।

महोत्सव आयोजनाबाट सो क्षेत्रको शिक्षा, पर्यटन, कृषि, आर्थिक, धार्मिक, सांस्कृतिक एवम् सामाजिक विकासका साथै सुदूरपश्चिमको पर्यटनको सम्भावनालाई थप उजागर गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । 

महोत्सवले सो क्षेत्रमा एउटा शव बाहन र एम्बुलेन्स सञ्चालनका लागि सम्बन्धित निकायलाई दबाब सृर्जना गर्नुका साथै शैक्षिक संस्थामा इको क्लब निर्माण गरी वातावरण संरक्षणका गतिविधिहरु अघि बढाउने महोत्सवको मुख्य उद्देश्य रहेको अध्यक्ष रावलको भनाइ छ ।
 
महोत्सवमा व्यापार व्यवसाय सञ्चालनका लागि स्टकल बुकिङको काम  शुरु भइसकेको बताउँदै अध्यक्ष रावलले महोत्सव सञ्चालनका लागि २५ लाख रकम खर्च हुने अनुमान गरिएको बताए । 

महोत्सवमा एक सय स्टल रहने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ