arrow

महानगरपालिकामा कांग्रेसले लगाएको ताला खुल्यो [सहमतिसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ९ बुधबार
dhanraj-congress.jpg

​पोखरा । पोखरा महानगरपालिकाको कार्यालयमा नेपाली कांग्रेसले लगाएको ताला आज खुलेको छ ।

महानगरको १६औँ नगरसभामा बहुमत सदस्य सहभागी हुँदा पनि नगरसभा स्थगित गरिएको भन्दै कांग्रेसले नगरप्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।

महानगर प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं तथा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिबीच तीन बुँदे सहमति भएसँगै ताला खुलेको हो ।

सहमतिअनुसार महानगरको १६औं नगरसभा यही माघ ११ गते ९शुक्रबार० दिउँसो १ बजे बस्ने तय गरिएको छ ।
तीन बुँदे सहमतिमा नगरसभा आह्वान, विकास कार्यको पुनः सुरुआत र सुशासन तथा समृद्धिका लागि एकताबद्ध प्रयासको प्रतिबद्धता उल्लेख गरिएको बताइन्छ ।

विशेषगरि नेकपा एमालेले करारका कर्मचारीका विषय र विशेष नगरसभाले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने माग राखेर १६औँ नगरसभा वहिष्कार गरेको थियो । त्यसपछि सहमति खोज्ने भन्दै नगर प्रमुख आचार्यले नगरसभा स्थगित गरेका थिए ।

एमालेले करारका कर्मचारी हटाउनै पर्ने भए सबै हटाउनुपर्ने, कर्मचारी आफ्नो दरबन्दी जहाँ हो त्यहीँ जानुपर्नेलगायतका मागसमेत राखेको छ ।

तीन बुँदे सहमतिपत्र



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ