arrow

देउवा भन्छन् – मुलुकको आवश्यकता अनुसार संविधान संशोधन गर्नुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १८ शुक्रबार
sherbahadur-deuba-81-10-18y.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आवश्यकता अनुसार संविधान संशोधन र परिमार्जन हुनुपर्ने बताएका छन् । उनले संविधान बनेको १० वर्ष पुगिसकेको भन्दै संविधानको सुरक्षा गर्ने, सबल र दुर्बल पक्षको पहिचान गरी आवश्यकता अनुसार संशोधन गर्नुपर्ने बताए । 

शुक्रबार प्रतिनिधि सभाको पाँचौँ अधिवेशनमा बोल्दै देउवाले संविधान संशोधन गर्दा बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धा सहितको संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी व्यवस्थालाई कमजोर बनाउन नहुने बताए ।

उनले संविधान संशोधन गर्दा अन्य राजनीतिक दलहरूसँग संवाद र सहमति गर्नुपर्ने बताए । उनले लोकतान्त्रिक व्यवस्था संसारकै उत्कृष्ट रहेको भन्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र भएकाले राजनीतिक प्रणालीले त्यसलाई सुदृढ बनाउँदै नागरिकप्रति जिम्मेवार बन्नुपर्ने बताए ।

उनले मुलुक अब आर्थिक रुपमा सबल हुनुपर्ने बताए। उनले लोकतन्त्रले प्रत्याभूत गर्ने स्वतन्त्रतालाई अराजकताको रुपमा बुझ्न नहुने बताए ।

देउवाले सरकारले सेवा प्रवाहमा सहजताका लागि सरकारले कानून बनाउने, सुशासन कायम गर्ने बताए। उनले नागरिकको सरोकारको विषयमा पेश भएका विधेयकहरू पेश हुने र अध्यादेशहरू सदनबाट स्वीकृत हुनेमा विश्वास व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ