arrow

बहुलवादमा आधारित भएर संविधान संशोधन गर्नुपर्छ – देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १८ शुक्रबार
sherbd-deuba-81-10-18j.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुलवादमा आधारित भएर संविधान संशोधन गर्नु पर्नेमा जोड दिएका छन् ।

संविधान संशोधन गर्दा समावेशी समानुपातिक प्रतिनिधित्व, बहुलवादमा आधारित शासन प्रणालीलार्इ मुख्य आधार बनाउनु पर्नेमा उनले जोड दिएका हुन् ।

‘हामी राजनीतिक रूपमा अधिकार सम्पन्न भइसकेका छौं, अब आर्थिक रूपमा सबल हुन पनि जरूरी छ,’ देउवाले भने, ‘संबिधान संसोधनका लागि प्रारम्भिक छलफल सुरू भइसकेको छ, बहुलबाद र समावेशी समानुपातिक प्रतिनिधत्व जस्ता उपलब्धीलाइ मार्न दिनु हुन्न ।

संघीय संसदको हिउँदे अधिवेसनको पहिलो दिन सम्बोधन गर्दै नेपाली कांग्रेस र एमाले बिचको ७ बुदेँ सहमति कार्यान्वयनमा प्रतिबद्दता जनाउँदै केपी ओली नेतृत्वको सरकारले राम्रो काम गरिरहेको पनि जनाएका छन् ।

‘सरकारको काम मुल्याङकन गर्नका लागि ६ महिनाको समय चाहिन्छ, अहिलेसम्म हेर्दा यो सरकारले राम्रो काम गरेको छ,’ देउवाले संसद बैठकमा भने, ‘सरकारले ल्याएको अध्यादेशले लगानी मैत्री बातावरण बनेको छ, ब्यावसायी उत्साहित छन, भुमीहिनले जग्गा पाउँदैछन् ।’ उनका अनुसार सरकारले राम्रो काम अझै गर्नेमा आफु विश्वस्त रहेकोसमेत जनाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ