arrow

संसदीय सभापतिका लागि निर्वाचन प्रकिया शुरू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ३ शनिबार
sudurpachhim-pradesh-farwestern-province-81.jpg
तस्बिर – फाइल ।

कैलाली । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचनको प्रकिया शुरू भएको छ । 

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार आज मतदाता रहेका प्रदेश सभा सदस्यको नामावली प्रकाशन गर्ने, मतदाता नामावली उपर दाबी विरोध गर्ने, अन्तिम मतदाता नामावली प्रकाशन र सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ताको तालिका रहेको छ ।

 जसअनुसार भोलि  प्रस्तावित सभापतिको उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने र समितिका सभापतिको निर्वाचनका लागि सम्बन्धित समितिको बैठक प्रारम्भ र निर्वाचन मत परिणाम घोषणा गर्ने तालिका रहेको छ । 

सभामुख भीमबहादुर भण्डारीले गत माघ १८ गते दोस्रो पटक समिति सभापतिको निर्वाचन तय गरेका थिए । जसअनुसार आजबाट प्रकिया शुरू भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ