arrow

सुदूरपश्चिमले आज संसदीय सभापति पाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार
sudurpachhim-pradesh-farwestern-province-81.jpg
तस्बिर – फाइल ।

कैलाली । सुदूरपश्चिम प्रदेश सभा संसदीय समितिका सभापतिको लागि आज निर्वाचन हुँदैछ । समितिका सभापतिको निर्वाचनका लागि आज बैठक बसेर निर्वाचन मत परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिएका छन् ।

आज प्रस्तावित सभापतिको उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने र समितिका सभापतिको निर्वाचनका लागि सम्बन्धित समितिको बैठक प्रारम्भ र निर्वाचन मत परिणाम घोषणा गर्ने तालिका रहेको छ । 

सचिवालयका अनुसार हिजो मतदाता रहेका प्रदेश सभा सदस्यहरूको नामावली प्रकाशन गर्ने, मतदाता नामावली उपर दाबी विरोध, अन्तिम मतदाता नामावली प्रकाशन र सभापति पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव दर्ताको तालिका रहेको थियो ।

साथै विशेषाधिकार समितिको निर्वाचनको मत परिणाम घोषणाका लागि समितिको बैठक आज दिउँसो २ः३० बजेटबाट सञ्चालन हुने प्रदेश सभा सचिवालयले जनाएको छ । 

सभामुख भीमबहादुर भण्डारीले गत माघ १८ गते दोस्रो पटक सभापतिको निर्वाचन तय गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ