arrow

०८२ मङ्सिरभित्र महाधिवेशन नभए देश, लोकतन्त्र र कांग्रेस अफ्ठ्यारोमा पर्छ - शेखर कोइराला [भिडियो]

सरकारले राम्रो काम मात्रै गरोस्, गलत काम नगरोस्

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ११ आइतबार
shekhar-11-11.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले  ०८२ को मङ्सिर भित्रै पार्टीको महाधिवेशन हुनुपर्ने अधिकांश कार्यकर्ताहरूको चाहना रहेकाले तोकिएको समयमै अधिवेशन गर्न जरुरी रहेको बताएका छन् । तोकिएको समय भन्दा पछि धकेलेर अधिवेशन गरे कांग्रेस, लोकतन्त्र र देश कमजोर हुने बताए ।  उनले  चार वर्षभित्र महाधिवेशन गर्नुपर्छ भन्ने कांग्रेसको विधानमा रहेको  तर केही कारणवश रोकियो भने एक वर्ष विधानले रोक्न सकिने बताए ।  तर कुनै पनि हालतमा ०८४ को निर्वाचनपछि महाधिवेशन पुर्‍याउन नहुने बताए ।  

उनले भने, ‘नेपाली कांग्रेसको महाधिवेशन ०८२ मङ्सिर भित्र हुनुपर्छ भन्ने हामी नेपाली कांग्रेसका धेरै कार्यकर्ताहरूको इच्छा छ । ४ वर्षभित्र महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो विधानमा छ । तर केही कारणवश रोकियो भने एक वर्ष नेपाली कांग्रेसको विधानले रोक्न सक्नेछ । तर कुनै पनि हालतमा ०८४ को निर्वाचनपछि महाधिवेशन गर्ने केही साथीहरूको तर्क छ, त्यसले नेपाली कांग्रेसलाई कमजोर बनाउँछ, लोकतन्त्र र देशलाई कमजोर बनाउँछ । नेपाली कांग्रेसमा ग्रुपिजमहरु छ । अधिवेशनको बेलामा प्यानलहरू बन्छ तर यो कुराहरू अहिले धेरै छिटो भयो भन्ने लाग्छ । मैले त्यसरी भन्न खोजेको होइन ।’

डा कोइरालाले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले नेकपा एमालेसँग सहकार्य गरे पनि सरकारमा सहभागी नभएका कांग्रेस सांसदहरूले खबरदारी गर्नुपर्ने बताएका छन् ।  केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा सांसद कोइरालाले नेपाली कांग्रस सत्ता पक्ष भए पनि सरकारमा नरहेको अभिव्यक्ति दिएका थिए । 

उक्त अभिव्यक्तिलाई लिएर कतिपयले कांग्रेस र एमालेबीच सत्ता सहकार्यमा खटपट शुरु भएको अनुमान गरेका थिए । सांसद कोइरालाले आफ्नो अभिव्यक्ति त्यस्तो भन्न खोजेको नभई पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्ने तर बाहिर रहेका अन्य सांसदहरूले खबरदारी गरिरहनुपर्ने आशय आफ्नो रहेको बताए । उनले आगामी निर्वाचनमा पनि एमाले नै कांग्रेसको प्रतिस्पर्धी हुने भएकाले बाहिर रहेका सांसदहरूले सरकारलाई गलत काम गर्न नदिन खबरदारी गर्नुपर्ने आफ्नो अभिव्यक्तिको आशय भएको बताए । 

उनले थपे,'  हामी एमाले र नेपाली कांग्रेसको सरकार छ । करिब करिब दुई तिहाइको सरकार छ । दुई तिहाइको सरकार चलाउँदा नेपाली कांग्रेस कतै अफ्ठ्यारोमा त पर्दैन भन्ने एउटा छ । हाम्रो भोलिको प्रतिस्पर्धी पनि को हो भन्दा एमाले नै हुन्छ । जो साथीहरू मन्त्रीमण्डलमा सरकारमा जानुभएको छ, ती साथीहरूले एमालेसँग सहकार्य गर । हामी जो बाहिर छौँ, सत्ता पक्षमा छाँै तर बाहिर छौँ । हामी प्रतिस्पर्धी एमाले नै हुन्छ, भोलिको निर्वाचनमा पनि । हामीले खबरदारी गरिरहनु पर्छ यो सरकारलाई ता की सरकारले राम्रो काम मात्रै गरोस्, गलत काम नगरोस् भन्ने हो ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ