arrow

बिमा प्राधिकरणको अध्यक्षमा ओझा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
sharad-ojha-beema-.jpg

काठमाडौँ । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा ओझालाई नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले अन्तिम छनोटमा परेका पाँच जनामध्ये ओझा, रामशरण पुडासैनी र दामोदर बस्यौलाको नाम सिफारिस गरेको थियो ।

आवेदन दिएका १२ जनामध्ये ओझा, पुडासैनी, बस्यौला, कमलप्रसाद रेग्मी र चिरञ्जीवी चापागाईं अन्तिम छनोटमा परेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ