arrow

ओलीलाई बोलीको सकस ! ‘अतिवाद’ मोर्चाको काल, (के सरकार ढल्दैछ ?)

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
morcha-1.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक र सामाजिक समस्या समाधानको मामिलामा फेल हुँदै गएका टिका टिप्पणी सुनिनु नौलो नहोला । यद्यपि, उनको विकल्पकै खोजी हुन थालेकामा कतिपयले आश्चर्य मानेका छन् । तराई–मधेस आन्दोलन र नाकाबन्दीले निम्त्याएको जर्जरतालेनै ओली सरकारलाई गाँजिसकेको विश्लेषकहरु बताउँछन् । 
 
ओली राजनीतिक समस्या समाधान भन्दा जिल्ला दौडाहमा व्यस्त रहेका बेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको वर्तमान समस्या समाधान गर्न केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्नै पर्ने बताएपछि तर्क सुरु भएका छन् ।  राजधानीमा आयोजित साक्षात्कारमा यादवले समस्या समाधान भए पनि नभए पनि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने ठोकुवा गरे ।
 
यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्दा मुलुकको पनि हित हुने जिकिर गर्दै गैर जिम्मेवार ब्यक्तिलाई जिम्मेवारी दिएर समस्या समाधान नहुने बताए । यादवले आफू छिट्टै भुतपूर्व हुने देखेर ओली विशिष्टहरुको सुविधा बढाउने तिर लागेको कटाक्ष गरे । 
तर, मधेसमा आन्दोलनरत मधेसी मार्चाकै अर्को घटक सद्भावनाका सहअध्यक्ष लक्ष्मण लाल कर्णले मधेसी मोर्चाले सरकारको विकल्प नखोजेको तर्क गरे ।
 
हाम्रा कुरासंग कर्णले भने,‘सरकारको विकल्प हामीले खोज्न सक्दैनौ, उपेन्द्र जीले सक्नु हुन्छ हुन्छ भने ठिक छ, लोकतन्त्रमा सरकार बनाउने भत्काउने दुवै व्यवस्था छ ।’ कर्णले कटाक्ष गर्दै भने,‘उपेन्द्र जीको सांसद बढी छन् त्यसैले भन्नु भा होला ।’ संविधान संशोधन र तराई–मधेसको समस्या समाधानबारे संसद स्थगित भएर हाल सम्म कुनै अभ्यास नभएको कर्णले सुनाए । उनले भने,‘सहमतिका लागि न सरकारले बोलायो न कांग्रेसले, कसैले बोलाएका छैन् ।’ आन्दोलनको स्वरुप परिवर्तन गरेको र नाकाको धर्ना हट्ने आफुहरुले भन्दै नभनेको भन्दै कर्णले नाका आफुहरुका माग पुरा नभएसम्म ठप्प रहने बताए । 
 
सरकार फेल भइसक्यो र, किन विकल्प माग ? 
सरकारलको विकल्प सम्भब छैन । आवश्यक छैन । कसैले सिंहदरबार ताक्छन् भने त्यो अधिकार प्राप्तिको आन्दोलन होइन । एमाले सचिव युवराज ज्ञवालीले हाम्रा कुरासंग भने,‘कसैले विकल्प माग्दैमा सरकार ढलिहाल्ने भन्ने हुँदैन, सरकार परिवर्तन सजिलो विषय होइन ।’ मधेसी मोर्चाले सरकारबारे हावादारी अभिव्यक्ति दिइरेको छ । 
 
सचिव ज्ञवालीले मधेस आन्दोलन अधिकारप्राप्तिका लागि हो भने ध्यान सिंहदरबार र सत्ता प्राप्तीको भाषा किन बोलिँदैछ भन्ने प्रश्न गरे । उनले मधेस आन्दोलन राजनीतिक स्वार्थकै लागि भन्ने बुझिने बताए । सरकारले कालोबजारीलाई प्रसय दिएको र नाकाबाट आएका कयौं इन्धनका गाडी ब्ल्याक बजारमा जाने गरेको आरोप निराधार रहेको बताए । मोर्चाकै कार्यकर्ताले कालोबजारी गरिरेको बताउँदै ज्ञवालीले आन्दोलनमा आर्थिक स्वार्थ समेत जोडिएको तर्क गरे ।
 
कालोबजारी नियन्त्रण गर्न सरकार असफल भएको स्वीकार्दै ज्ञवालीले मधेसी मोर्चाले समानान्तर अर्थतन्त्रका लागि कालोबजारी गर्ने गरेको आरोप लगाए । तराई–मधेसको समस्या समाधानका लागि सरकार र प्रधानमन्त्रीले बालुवाटारमा रातो कार्पेट ओछ्याएरै राखेको बताउँदै ज्ञवालीले भने,‘सरकारले पटक–पटक औपचारिक वार्ता आह्वान गरिसकेको छ ।’ सीमाङ्कनका विषय पुनरावलोकनका लागि राजनीतिक संयन्त्र बनेको छ । जसले तीन महिना भित्र सीमाङ्कन पुनरावलोकन गर्ने भनिसकेको छ । 
 
दलहरुले पुस ८ सम्म मधेसी मोर्चासंग दलीय सहमति जुटाउने प्रयत्न गरिरेको बताउँदै नेता ज्ञवालीले सो समयभित्र सहमति हुने सुनाए । सहमति नभएको खण्डमा के गर्ने भन्ने विषय र संसद चलाउने सन्दर्भमा अभ्यास भइनसकेको ज्ञवालीले जानकारी दिए । प्रमुख विपक्षी दल कांग्रेसले मधेसी मोर्चालाई पर्खिन आग्रह गरेपछि स्थिगित संसद चलाउने विषयमा अभ्यास नभएको कांग्रेस सांसद गगन थापाले बताए । आफुहरु केन्द्रीय समिति बैठकमा व्यवस्त रहेकाले संसद चलाउने नचलाउने विषयमा छलफल नभएको थापाले जानकारी दिए । 
 
सरकारको नाम ब्ल्याक मनीसंग
बालुवाटार नेक्ससले ब्ल्याक इकोनोमिबाट आर्थिक लाभ लिइरहेकाले समस्या समाधान गर्न नचाहेको आरोप सरकार र सत्ताधारी दलरुलाई लागेको छ । सत्ताधारीरुले कालोबजारीबाट लाभ लिइरहेकोले समस्या समाधानको बाटो अघि नबढेको असन्तुष्ट पक्षहरुको आरोप छ । नभन्दै केही दिन पहिले एमालेको भ्रातृसंगठन युवासंघको नाममा एक युवाले ग्याँस ल्याइदिने भन्दै सिलिण्डर र ६ लाख रकम संकलन गरेर ठगि गरेको दृष्टान्त बाहिर आयो । 
 
एमाले निकटकै एक ग्याँस व्यवसायीले दृष्टान्त सुनाउँदै कालोबजारी मौलाएको सुनाए । ठगि गर्ने युवालाई कारबाही हुँदैछ भन्दै उनले राजनीतिक र सरकारी शक्तिको दुरुपयोग भइरहेको बताए । कयौं व्यवसायीले उपभोक्ताबाट सिलिण्डर उठाउँदै ग्यास ल्याउने नाउमा तेब्बर असुलेको उनले सुनाए । पेट्रोलको मूल्य ३ सय बढी नै लिने गरेको उपभोक्ता र व्यवसायीबीच सम्वाद भयो ।    
 
किन कोक्याउँछ प्रधानमन्त्रीको बोलीले ? 
एमाले नेताहरुले सरकारको विकल्प संभव नरहेको बताइरहेकाबेला सत्ता गठबन्धनकै केही नेताहरुले प्रधानन्त्रीको बोली समस्या बल्झाउने कारण बनिरहेको सुनाएका छन् । असन्तुष्टरुले झन् समस्या समाधानमा प्रधानमन्त्री नै बाधक भएको जिकिर गरेका छन् । उनीहरुले जब जब छलफल समस्या समाधान तिर जान्छ तब तब प्रधानमन्त्री गल्लीको डन र माफीया जस्तै बोल्ने गरेको आरोप लगाएका छन् । ओलीले बोल्ने हरेक भाषा समुदाय र संसकार विरोधी हुने टिप्पणी असन्तुष्टहरुको छ । ओलीले राष्ट्रपतिको जनकपुर भ्रमणका क्रममा घटेको घटनाबारे बोल्दै मधेसी मोर्चाको कार्यकर्तालाई पशुको संज्ञा दिएका थिए ।
 
प्रधानमन्त्रीले पशुको सिङ हुने भन्दै भत्काउने काम पशुबाटै हुन्छ, मान्छेको सिंङ हुँदैन र मान्छेले भत्काउँदैन भन्दै कटाक्ष गरेका थिए । आफ्नै संस्कृति र सम्पत्ति भत्काउने पशु शिवाय अरु हुन नसक्ने ओलीको अभिव्यक्ति थियो । मधेसी जनतालाई जनावर जस्तो भने गैरजिम्मेवार भाषा बोलेको भन्दै प्रधानमन्त्री ओली पदकोलागि सोभनीय नरहेको मधेसी नेतारुको भनाई छ । 
 
‘अतिवाद’ मोर्चाको काल 
सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोको अतिवादले राष्ट्रको हिन नहुने मोर्चा घटककै नेताहरुले उद्घोष गरिसकेका छन् । मोर्चामा आवद्ध चार घटक मध्ये दुई घटकमा चर्को मतभेद छ । राजेन्द्र महतो र उपेन्द्र यादव नेतृत्वका दुई घटक छुट्टा–छुट्टै धारमा उभिएका छन् । राजेन्द्र सीमाङ्कन र जमिनकै लडाँईमा छन् भने, उपेन्द्र सिंहदरबार ताकिरहेका छन् । राजेन्द्र महताको सद्भावना पार्टी पहिले संघीयता र सीमाङ्कन टुंगिनुपर्नेमा अडिग छ ।
 
तर, उपेन्द्र यावदको संघीय समाजवादी फोरम सत्तामा नगई अधिकार प्राप्त गर्न नसकिने पक्षमा उभिएको छ । यादवले उत्तर र दक्षिणबाट आएको अतिवादीले देशको हित नहुने भन्दै एउटा अति राष्ट्रबाद र अर्को पहाडे समूदायलाई होलसेलमा राखेर विष बमन गर्ने चिन्तन जुन तराईमा देखिएको सुनाए । राजेन्द्र महतोप्रति इंकित गर्दै यादवले यसप्रकारको गतिविधिले  जनतावीचको दुरी बढ्दै गएको सुनाए । उनले  यो दुबै खाले चिन्तन असह्य छ–भने । अन्ध राष्ट्रबादको खरो विरोध गरेका उनले मधेसको अतिवादलले राष्ट्रको हित नहुने बताए । सद्भावनाका नेताहरुले उपेन्द्र आफ्नै ढंगले चलेकाले उपेन्द्रबारे कुनै कुरा नसोध्न आग्रह गरे । मोर्चाका यी दुई घटकबीच दरार चुलिएको छ । केही दिन अघि मात्रै एमालेका एक नेताले मधेसमा आन्दोलन गर्ने शक्ति र जनतालाई अलग गर्न सकिने सुनाएका थिए । नभन्दै उनले भनेका केही तथ्य र मधेसी मोर्चाका नेताहरुको चरित्र मिल्न गएका छन् । मोर्चा आवद्ध घटकहरु आफै काल निम्त्याइरहेको विज्ञहरुले टिप्पणी गरेका छन् । उनीहरुमा राजनीतिक र आर्थिक स्वार्थले बास गरिसकेको विश्लेषण भइरहेको छ । 
 
बाहिर भने जस्तो मधेसमा आन्दोलन पहाडे वा मधेसी कुनै पनि समूदायको विरुद्ध नभई विभेद विरुद्धको संघर्ष नभएको प्रष्ट हुँदैछ । राजेन्द्र महतोका पछिल्ला अभिव्यक्तिदले मधेसमै बसिरहेका पहाडी मुलका नागरिकलाई घोच पुगेको भन्दै यो अतिवाद राष्ट्रको हित नहुने तर्क यादव पक्षले गरेको छ । यादव पक्षले मधेसमा बस्ने बाहिुन क्षेत्रीसमेत विभेदमा परेकाले आन्दोलनलाई कसैको पक्ष विपक्षमा बुझ्न नहुने धारणा राखेको छ । विश्वासिलो आधार भए तीन महिनापछि सीमांकन टुङग्याउने कुरामा समेत सहमति हुन सक्ने जनाउ दिएको यादव पक्षले पटक–पटक धोका पाइकेकाले विश्वास गर्ने आधार छैन भन्दै तत्काल समाधान हुनु पर्ने अडान राखेको प्रष्ट्याएको छ । 
 
बहुभाषिक नीति लागु गर्नु पर्नेे, पहिचानको आधारमा कल्ष्टर अनुसार सीमाङ्कन सच्याउनु पर्ने, नागरिकताको व्यवस्था सच्याउनु पर्ने, समावेशी समानुपातिक र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउनु पर्ने भन्दै नगर र जिल्लालाई आधार बनाउने कुराले समस्या आएको मोर्चा घटक उपेन्द्र पक्षको ठहर छ । राष्ट्रपतिको जकपुर भ्रमणमा घटेको घटना समेत अतिवादीहरुले नै गराएको तथा आफूहरुलाई दुःख लागेको उपेन्द्र यादवले सुनाएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ