arrow

महाभारतमा ‘१८ अंक’को यस्ताे अाश्चर्यजनक संयोग !

महाभारतलाई किन प्यारो छ १८ अंक ?

logo
कल्की अवतार,
प्रकाशित २०७३ पुष २३ शनिबार
krishna-virat-roop.jpeg
काठमाडौं । हिन्दू धर्मालम्बीहरुलाई जहिलै पनि धार्मिक तर्कहरुमा प्रमाण खोजी गरेर त्यो देखाउन नसकेको आधारमा नै विभिन्न लान्छनाहरु लगाउने गरिएको छ । दन्त्य कथाको रुपमा रहेका कतिपय धार्मिक कहानीहरु अपभ्रंश हुँदै जाँदा काँहि कतै पुष्टि गर्न कठिन पनि हुने गरेको छ । 
हिन्दूहरुको पवित्र ग्रन्थ महाभारतमा पनि यस्तै विविध आशंकाहरु गर्ने गरिन्छ । यसमा उल्लेख गरिएका विषयहरुमा मतैक्य पनि पाउन गाह्रो छ । महाभारत कसले सुनायो वा यसको कहानी देख्ने व्यक्ति को हो ? भन्ने सवालमा पनि मतैक्य पाईँदैन । 
 
महाभारतको युद्ध सकिँदा कुरु क्षेत्रमा उपस्थित मध्य १८ जना योद्दाहरु जीवित रहेका थिए भन्ने रहस्य पनि सुनिन्छ । तर महाभारतमा १८ अंकको संयोग यसमा मात्रै होईन कि यस बाहेक पनि यावत विषयमहरुमा ‘१८ अंक’ को संयोग जुरेको देखिन्छ । 
 
उक्त युद्धपनि १८ दिनसम्म नै चलेको थियो भने अन्तिम घडीमा आएर भगवान श्रीकृष्णले अर्जुनलाई गीताको ज्ञान दिएका थिए । भारतीय अनलाईन दैनिक जागरण लेख्छ अधिक मान्छेलाई यो थाहा छ कि महाभारतमा १८ अंकको कति धेरै महत्व रहेको छ । जसमा महाभारतका अधिक भन्दा अधिक विषयबस्तुहरु समेट्ने प्रयास गरिएको छ । 
 
महाभारतका १८ अध्याय 
महाभारतको कूल अध्यायको संख्या पनि १८ रहेको छ । जुन निम्नानुसार रहेका छन् । अर्जुन विषद् योग, सांख्य योग, कर्म योग, ज्ञानकर्म सन्यास योग, कर्म सन्यास योग, आत्मसंयम योग, ज्ञानविज्ञान योग, अक्षर ब्रह्म योग, राजविद्याराज गुह्य योग, विभूति योग, विश्वरुप दर्शन योग, भक्ति योग, क्षेत्रज्ञविभाग योग, गुणत्रय विभाग योग, पुरुषेत्तम योग, दैवासुरसम्पत्तिविभाग योग, श्रद्धात्रय विभाग योग र मोक्ष सन्यास योग । 
 
महाभारतमा १८ पर्व
त्यस्तै, व्यास रचित महाभारतमा पर्वहरु पनि कूल १८ वटा रहेका छन् । महाभारतमा रहेका पर्वहरु आदि पर्व, सभा पर्व, वन पर्व, विराट पर्व, उद्योग पर्व, भीष्म पर्व, द्रोण पर्व, अश्वमेधिक पर्व, महाप्रस्थानिक पर्व, सौप्तिक पर्व, स्त्री पर्व, शान्ति पर्व, अनुशासन पर्व, मौसल पर्व, कर्ण पर्व, शल्य पर्व, स्वर्गारोहण पर्व तथा आश्रम्वासिक पर्वको चर्चा गरिएको छ । यसैको आधाचरमा १८ पुराण पनि रचना गरिएको छ । 
 
 महाभारतमा अन्य १८ अंकको रहस्य 
१. महाभारत जान्नेहरुमध्ये धेरैलाई यो थाहा भएको पाईएन कि कौरव र पाण्डवहरुको गरी कूल १८ जना अक्षोहिनी सेनाहरु रहेका थिए । जसमा कौरवका ११ र पाण्डवहरुको तर्फबाट ७ जना यस्ता सेनाहरु युद्धमा संलग्न थिए । 
 
२. महाभारत युद्धको प्रमुख सूत्राधार समेत १८ जना थिए । जसको नाम धृतराष्ट्र, दूर्याेधन, दुशासन, कर्ण, शकुनी, भीष्म, द्रोण, कृपाचार्य, अश्वस्थामा, कृतवर्मा, श्रीकृष्ण, युधिष्ठिर, भीम, अर्जुन, नकुल, सहदेव, द्रौपदी एवं विदूर ।  
 
३ महाभारतको युद्धमा १८ को अर्काे महत्वपूर्ण पक्ष अर्काे पनि के रहेको छ भने महाभारत युद्ध सम्पन्न हुँदा कौरवको तर्फबाट ३ र पाण्डवको तर्फबाट १५ गरी १८ जना योद्धाहरु जीवित रहेका थिए । यस कारण विभिन्न तर्कहरुले महाभारतमा १८ अंकको महत्व बढी रहेको स्पष्ट गराउँछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ