arrow

सुवेदीको अध्यक्षतामा राजा फर्काउँछु भन्नु दिवास्वप्न- सांसद ढुङ्गाना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ६ बुधबार
aananda-dhungana.jpg

काठमाडौँ । नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सांसद आनन्दप्रसाद ढुङ्गानाले नेपालमा पुनः राजसंस्था फर्काउँछु भन्नु दिवा स्वप्न भएको बताएका छन् । बुधबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले जनताको अधिकार कुण्ठित गर्ने संसारभरका राजाहरू इतिहासमा सीमित भएको बताए । उनले नेपालका राजाहरूले लोकतन्त्रको विरुद्धमा काम गरेको बताए । विगतमा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र नेपाली जनताले स्वीकार गरेको स्मरण गर्दै उनले राजाले प्रजातन्त्रको विरुद्धमा विभिन्न कदम चालेपछि गणतन्त्र स्थापना भएको बताए । जनतासँग मिलेर बसेका राजसंस्थाहरू अहिले पनि विभिन्न देशमा जीवित रहेको उनको भनाइ छ । 

उनले भने, ‘नेपाली जनता यो देशमा प्रजातन्त्र लोकतन्त्रका लागि लडि राखे र दरबारले जहिले पनि लोकतन्त्रको विपक्षमा आफ्नो भूमिका चलाइ राख्यो जसले गर्दा आज गणतन्त्रमा पुग्ने स्थिति बन्यो । राजा जनतासँग बस्न तयार भएनन् संसारमा धेरै राजाहरू छन् । धेरै राजाहरू जनतासँग बसेका छन् ती राजाहरू अहिले पनि छँदै छन् । जुन राज जनतासँग बस्न तयार भएनन् ती राजाहरू समाप्त भएका छन् । अहिले फेरि राजाले परिकल्पना गर्ने कि फर्किएर आउने । हो फर्किएर आउने हो भने लोकतन्त्रमा सबैलाई अधिकार छ आफ्नो कुरा राख्ने । तर नवराज सुवेदीको अध्यक्षतामा राजा फर्काउँछु भन्छ भने यो दिवास्वप्न हो ।’

राष्ट्रिय सभा सदस्य ढुङ्गानाले राजनीतिक दलका नेताहरूले एक अर्कालाई दोष मात्रै दिइरहने हो भने देशको अवस्था सिक्किमको जस्तो हुन सक्नेप्रति सचेत गराए । उनले राजनीतिक दलका नेताहरू कोही पनि निर्दोष नरहेको भन्दै संयम भएर अघि बढ्नु पर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ