लोकतान्त्रिक अपाङ्ग संघको निर्वाचनको मतगणना गर्न माग गर्दै कांग्रेस मुख्यालयमा नाराबाजी
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १० आइतबार
3.2k
Shares
काठमाडौँ । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको निर्वाचनको मतगणना तत्काल शुरु गर्नुपर्ने मागसहित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बीपीनगरमा नाराबाजी भएको छ।
शनिबार सम्पन्न मतदानको गणना आइतबार साँझसम्म शुरु नभएको भन्दै संघका केन्द्रीय प्रतिनिधिहरुले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नाराबाजी गरेका हुन् ।
उनीहरुले ‘मतगणना शुरु गर, हाम्रो मतको सम्मान गर, गणना रोक्न पाइदैन’ लगायतका नारा लगाए ।
पार्टी केन्द्रीय कार्यालयभित्र सभापति, उपसभापति, महामन्त्रीलगात सहितको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बसिरहेकै बेला संघका केन्द्रीय प्रतिनिधिहरु नाराबाजीमा उत्रिएका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयलाई प्रहरीले घेराबन्दीमा राखेको छ। केन्द्रीय कार्यसम्पादन समितिका नेताहरु बाहेकलाई केन्द्रीय कार्यालयमा प्रवेश गर्न दिइएको छैन ।
संघको नयाँ नेतृत्व चुन्न शनिबार राति ८ बजे मतदान सकिएको थियो । तर मतगणना गर्ने बारेमा निर्वाचन समितिले चासो देखएको छैन ।
नेतृत्वका लागि माधवप्रसाद चम्लागाईं, विकास थापा र कल्पना खड्का उम्मेदवार छन् ।