भूमि सम्बन्धी अध्यादेश फिर्ता लिने सत्तारुढ दलहरूको निर्णय [भिडियो]
भूमि सम्बन्धी अध्यादेशलाई फिर्ता लिने र नियमित विधेयकको रूपमा सदनमा लैजाने
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १३ बुधबार
921
Shares
तस्बिर फाइल
काठमाडौँ । सत्तारुढ दलहरूबीच भूमि सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएको छ । बुधबार बालुवाटारमा बसेको सत्तापक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले चैत्र १८ गतेभित्रमा प्रमाणीकरण भइसक्नुपर्ने कानूनी व्यवस्था रहेकाले सो अवधिसम्म प्रमाणीकरण हुने स्थिति नदेखिएको भन्दै अध्यादेश फिर्ता लिने निर्णय भएको बताए ।
भूमि सम्बन्धी अध्यादेशलाई फिर्ता लिने र नियमित विधेयकको रूपमा सदनमा लैजाने निर्णय भएको बताए ।
उनले भने, ‘भूमि सम्बन्धी अध्यादेशका विषयमा छलफल केन्द्रित थियो । यो अध्यादेश अध्यादेशकै रूपमा जान सक्ने अवस्था रहेन । १८ गतेभित्रमा प्रमाणीकरण भइसक्नुपर्ने कानूनी व्यवस्था हो । त्यसले गर्दा अध्यादेशको रूपमा प्रतिस्थापन विधेयकको रूपमा आउन सक्ने अवस्था रहेन । के गर्ने यस विषयमा भन्ने नै थियो । यसलाई अब नियमित विधेयकको रूपमा लैजाने र नियमित विधेयकमा अरू सत्तारुढ दलहरूको जे भनाइ छ, त्यसलाई आउने विधेयकमा समेटेर लैजाने भन्ने निर्णय भयो ।’