कुलमान हटाएको भन्दै राष्ट्रिय सभामा पनि प्रतिपक्षी दलको अवरोध [भिडियो]
ओलीले सदनमा आएर स्पष्टीकरण नदिएसम्म सदन चल्न नदिने
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १३ बुधबार
651
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेको छ । बुधबारको राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), का सांसदहरूले उठेर विरोध जनाएका हुन् । प्रतिपक्षी दलले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएको भन्दै संसद अवरुद्ध पारेका हुन् ।
बैठकमा शुरुमा उठेर माओवादी केन्द्रका सांसदहरूले विरोध जनाएपछि माओवादीका सांसद गोपीबहादुर सार्कीले कुलमानलाई केही समय मात्र बाँकी रहँदा किन हटाउनुपरेको हो ? भन्दै प्रश्न गरे । उनले कलमान घिसिङले नै लोडसेडिङ अन्त्य गर्नुभएको दाबी गर्दै उज्यालो नेपाल बनाएको बताए । प्रतिपक्ष दलको तर्फबाट उनले सरकारको उक्ता निर्णयको भर्त्सना गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर स्पष्टीकरण नदिएसम्म सदन चल्न नदिने उद्घोष गरे ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो ।