arrow

आज पनि राष्ट्रिय सभामा विपक्षीको अवरोध, बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १५ शुक्रबार
upper-house-birodh.jpg

काठमाडौँ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । शुक्रबार राष्ट्रिय सभा बैठकको कारबाही शुरु गर्न खोज्दा विपक्षी दलहरुले अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक एक घण्टापछि बस्ने गरी स्थगित गरेका हुन् । 

विपक्षीहरु उठेर विरोध जनाएपछि अध्यक्ष दाहालले विपक्षीको तर्फबाट राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मालाई बोल्न समय दिए । सांसद विश्वकर्माले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विषयमा विपक्षीले प्रधानमन्त्रीको जवाफ माग गरेको तर प्रधानमन्त्री सदनप्रति जवाफदेही नभएको भन्दै सदन स्थगित गर्न माग गरे ।

अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमा बचाउन पनि आसन ग्रहण गरेर सहयोग गर्न आग्रह गरे । राजनीतिक दलहरु आफै सक्रिय भएर समस्याको समाधान गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष दाहालले पटक–पटक आशन ग्रहण गरेर बैठक सुचारु गर्न आग्रह गरेपनि विपक्षी सांसदहरुले अवरोध कायमै राखेपछि उनले बैठक एक घण्टाका लागि स्थगित भएको घोषणा गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ