एभरेस्ट बैङ्कद्वारा नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १५ शुक्रबार
397
Shares
काठमाडौँ। एभरेस्ट बैङ्कले नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर एक विशेष समारोहका बीच अनावरण गरेको छ। नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाको रूपमा परम्परागत खेलकुद खेलिने संस्कृति झल्काउने विषयवस्तु समेटेर तयार पारिएको क्यालेन्डर बैङ्कका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्य ले सार्वजनिक गरेका हुन्।
समारोहमा बैङ्कका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। एभरेस्ट बैङ्कले धर्म, संस्कृति, पर्यटन तथा पुरातात्त्विक महत्वका विषयवस्तुहरूलाई समेट्दै आफ्नो कर्पोरेट क्यालेन्डर प्रकाशन गर्ने परम्परा कायम राख्दै आएको छ।