ललितपुर । नेपालभरका उपभोक्ता र व्यापारीहरूको लागि नयाँ युगको सुरुवात गर्दै फोनपोइन्ट्स र आईएमएस सफ्टवेयर बीचको सहकार्यले २० हजार भन्दा बढी मर्चेन्ट काउन्टरहरूमा सहज र छिटो छुट प्रक्रिया शुरु गरेको छ ।
यस साझेदारीको मुख्य उद्देश्य ग्राहकलाई सरल, सहज र निरन्तर अनुभव प्रदान गर्नु हो । जहाँ अब छुट प्राप्त गर्न कुनै म्यानुअल भेरिफिकेसनको आवश्यकता नहुने जनाइएको छ । केवल एक कोड देखाए तुरुन्तै बिलमा छुट हुने कम्पनीले बताएको छ ।
विज्ञप्ति जारी गरी यस्तो जनाएको छ शुरुवाती छुट अफरः
सेल्सबेरीका सातदोबाटो, मूलपानी, महाराजगञ्ज, सितापाइला, बत्तीसपुतली, चिप्लेढुङ्गा शाखाहरूमा रु। २०० छुट, बाल्ट्रा का सबै उत्पादनमा १२ प्रतिशत छुट, निम्न स्थानहरूमा फुड एण्ड ड्रिङ्क्समा १५ प्रतिशत छुट स् पिज्जा वल्ड पिज्जा प्लानेट – काफेओलिया–बोधी बुक्स एन्ड बेक्स – द एआई ला लङ्ग, जिन्स्वेस्टमा सबै फेशन आइटममा १५ प्रतिशत छुट, सनडाउनमा स् फ्री तन्दूरी प्लाटर, फुल चिकेन तन्दूरी, स्टिम चिकेन मोमो वा रु। ५०० बराबरको भौचर, हेल्मेट्स नेपालमा १० प्रतिशत छुट वा फ्री प्रोडक्ट ।
साझेदारीका कारण भविष्यमा आईएमएस सफ्टवेयरमा थप मर्चेन्टहरूलाई समावेश गर्दै फोनपोइन्ट्स प्रयोगकर्ताहरूलाई अझ व्यापक र सुविधाजनक छुट सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
छुट पाउनका लागि फोनपोइन्ट्स एप वा पार्टनर्स एप खोलेर अफर रोजी रिडिम गर्ने अनि कोड प्राप्त गरी रिडिम गरेपछ युनिक कोड, एप वा इमेल पाइने र त्यो कोड बिल प्रिन्ट गर्नुअघि व्यापारीलाई प्राप्त कोड देखाउने । व्यापारीले आईएमएस सफ्टवेयरमा कोड हाल्ने बित्तिकै, बिलमा छुट तुरुन्तै लागू हुने पनि जनाइएको छ ।