दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी [पत्रसहित]
अध्यक्ष हुनका लागि पेश गरेको अनुभवको कागजात नक्कली बनाएको दाबी, बर्खास्त गर्न माग
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ५ शुक्रबार
1k
Shares
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीमाथि अनुसन्धान गरी कारबाही गर्न उजुरी परेको छ । उनीमाथि छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।
गत बुधबार बैशाख ३ गते दर्ता भएको उजुरीमा उनले अध्यक्ष हुनका लागि पेश गरेको अनुभवको कागजात नक्कली बनाएको र हाल सो संस्थामासमेत काम हुन नसकेकाले उनी नक्कली हुन् भन्ने व्यवहारमा पुष्टि हुँदै आएको उल्लेख छ ।
नियुक्ति दिँदा अध्यक्ष भण्डारीले पेश गरेको अनुभवको कागजातमा नेपालको कम्पनीमा काम गरेको समयमै विदेशी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा काम गरेको उल्लेख छ ।
एकैपटक नेपालको कम्पनी र बुरुण्डीको कम्पनीमा काम गरेको अनुभव पेश गरेका कारण सो कागजात शंकास्पद भएकोसमेत देखिएको स्पष्ट हुने दाबी गरिएको छ ।
भण्डारीमाथि यसअघि पनि शंका उपशंका भइरहेको थियो । तर कुनै पार्टीको कार्यकर्ता भएपछि सजिलै नियुक्ति पाइँदो रहेछ भन्ने यसले छर्लङ्ग पारेको छ ।
सरकारलेसमेत यसलाई नजरअन्दाज गर्नुको मतलब केही न केही षड्यन्त्र रहेको दाबीसमेत गरिएको छ ।
भण्डारीमाथि नैतिक प्रश्न उठ्दासमेत सरकार मौन किन बसिरहेको होला भन्ने चासो व्याप्त छ । उनको अनुभवमै समस्या देखिँदासमेत उनी नै प्राधिकरणलाई चाहिने भन्नुको मतलब धेरै शंका गर्ने ठाउँ छ ।
यस्तो छ भण्डारीले पेश गरेको अनुभवसहितको वैयक्तिक विवरण–