arrow

कांग्रेसले अब समस्या देखाएर मात्र हुँदैन, समाधान पनि दिन सक्नुपर्छ - गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ५ शुक्रबार
gagan-s-05.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीले अब समस्या देखाएर मात्र नहुने भन्दै समाधान दिन सक्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले  समस्याको समाधान दिनु कांग्रेसको ड्युटी भएको बताए ।

 मुलुकमा विद्यमान समस्याका सम्बन्धमा पार्टीले रुवाबासी गर्ने नभई समाधान दिने गरी पार्टीको कार्यशैली र दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए । 

उनले भने, ‘कांग्रेस पार्टीले अब समस्या मात्र देखाएर हुँदैन । कांग्रेस पार्टीले अब समाधान पनि दिनुपर्छ । हामी समाधान दिने पार्टी हो । हाम्रो ड्युटी हो यो । नेपाली कांग्रेस पार्टीले नेपालमा रोजगारीको समस्या छ समाधान दिने हो । वैदेशिक रोजगारीको क्षेत्रलाई थप राम्रो बनाउने हो । अब पार्टीको काम गर्ने तरिका पनि बदलिनुपर्छ । पार्टीको दृष्टिकोण पनि बदलिनुपर्छ । अब हामीले गनगन गर्ने पनि होइन रुवाबासी गर्ने पनि होइन । अब समस्या भएको क्षेत्रमा कांग्रेस छ र समाधान दिन्छ भन्ने पार्टी बनाएर जान आवश्यक छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ