arrow

भ्रष्टाचारको गन्ध

संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्चले 'डिल' गरिरहेको छ - गगन थापा [भिडियो] 

सबै सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो संस्थाको गरिमा राख्नुपर्ने, कांग्रेसबाट राष्ट्रपति हुनेलाई पार्टीमा नफर्काइने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
gagan-thapas-11.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले डिल गरिरहेको बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित ‘आजको लोकतन्त्र: अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले संवैधानिक आयोगका पदाधिकारीहरूलाई अदालतले ‘तँलाई हान्दिऊँ’ भन्दै झुलाइरहेको आरोप लगाए। 

आयोगका पदाधिकारीहरूको कार्यकाल सकिने समय भइसक्दासमेत नियुक्तिको परीक्षण नभएको उनको भनाइ छ । उनले अदालतले डिल गर्‍यो अब त्यसको विश्वसनीयता के रहन्छ ? भन्दै प्रश्न गरे । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत दोषीलाई कारबाही गर्ने कुरामा राजनीतिक डिल गर्ने गरेको टिप्पणी गरे । 

उनले लोकतन्त्रको कडीका रूपमा रहेका संस्थाहरूप्रति जनताको विश्वास घट्दै गएको बताए । अदालत, अख्तियार र संसद्को प्रभावकारितामाथि निराशा पैदा भइरहेको बताए । उनले अख्तियार, अदालत, संसद र पार्टीमाथि जनतामा संशय पैदा हुनु नै लोकतन्त्रको मुख्य चुनौती रहेको महामन्त्री थापाको भनाइ छ । 

उनले भने, ‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको विषयहरूलाई दुई-तीन वर्षदेखि तँलाई हान्दिऊँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याई नभ्याई भन्छ । कहिले भोलि हेर्ने भन्छ । त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ । एउटा संवैधानिक नियुक्ति भएको विषयमा आयोगका पदाधिकारीले गरेको काम र उनीहरूको कार्यअवधी सकिन लागिसक्यो । अब त्यो ठिक थियो कि थिएन भन्ने कुरा नेपालको अदालतको लागि चाहिँ चार वर्ष समय लाग्छ ? त्यो पनि आइतबार हेरुम, पख्लास् शुक्रबारसम्म भनेर अल्झाइरहेको छ । अदालतले डिल गर्‍यो अब त्यसको विश्वसनीयता के रहन्छ ? अनि अख्तियारले यी विषयमा मैले अनुसन्धान गरे भन्छ । अहनुसन्धान गरिसकेपछि मैले फलानो फलानो व्यक्तिलाई दोषी पाएको छु । उ आफैँले समाचार दिन्छ । अनि आफैँ कारबाही गरूँ कि नगरूँ भनेर राजनीतिक डिल गर्न थाल्छ । हामी संसद्को एउटा अधिवेशनभरि एउटा कानून बनाउन सक्दैनौँ । लोकतन्त्र भनेको त यी संस्थाहरूको प्रभावकारिता र विश्वसनीयता हो नि । हाम्रो डेमोक्रेसीको समस्या अख्तियार, अदालत, संसद, पार्टीमाथि जनतामा संशय धेरै हुनु हो । अविश्वासहरू धेरै छ । यो नै लोकतन्त्रको अहिले प्रमुख चुनौती हो ।’

उनले मुलुक र लोकतन्त्रमा देखिएका समस्याहरूको समाधान नेपाली कांग्रेसले दिनुपर्ने बताए । उनले चाह्यो भने नेपाली कांग्रेस सरकारबाट बाहिरिन सक्ने समेत टिप्पणी गरे । उनले लोकतन्त्रको रक्षा र जनताको अधिकार प्राप्तिको लागि कसैसँगपनि सम्झौता नगरिने स्पष्ट पारे । उनले पूर्व राष्ट्रपति विद्यादेवी विद्या भण्डारी राजनीतिमा आउन लागेको चर्चा कोट्याउँदै कांग्रेसबाट राष्ट्रपतिबाट हुने मान्छेलाई पार्टीमा नफर्काइने बताए । उनले सबै सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो संस्थाको गरिमा राख्नुपर्ने बताए । 

उनले भने, ‘अहिले पूर्वराष्ट्रपतिहरु राजनीतिक दलमा सक्रिय हुने कुराहरू आएको छ । कम्तीमा नेपाली कांग्रेसले भन्नुपर्छ । हामीले भन्ने तागत राख्नुपर्छ । हाम्रो पार्टीको सदस्य जो राष्ट्रपति हुनुभएको छ उहाँहरू कहिले पनि फर्केर दलको सदस्यता लिएर आउनुहुन्न । त्यो संस्थाको गरिमा राख्नुहुन्छ । राखिरहनुभएको छ । हिजो हाम्रो पार्टीको सदस्य भएका मानिसहरू आज कोही उपकुलपति होलान्, भइरहेका होलान्, कोही न्यायाधीश होलान् । तर ती कसैबाट पनि पार्टीले विशिष्ट भूमिकाको अपेक्षा गर्दैन । जो जुन ठाउँमा जान्छन् त्यो ठाउँको जिम्मेवारी बहन गनुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ