सरकार सात बुँदे सम्झौताअनुसार कार्यान्वयन गर्न चुक्यो: डा. शेखर कोइराला [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २२ सोमबार
786
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले सरकार सात बुँदे सम्झौताअनुसार अगाडि बढ्न नसकेको टिप्पणी गरे । संसद भवन परिसरमा सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकार सात बुँदे सम्झौताको कार्यान्वयनमा चुकेको टिप्पणी भएको हो । संविधानको पुनरावलोकन, आर्थिक सुधार, भ्रष्टाचारलाई नियन्त्रण मुलुकमा सुशासन कायम गर्ने कुरामा सरकार चुकेको उनको भनाइ छ । उनले संविधान पुनरावलोकन गर्न समय लाग्ने भए पनि सरकार गठनको ९ महिनासम्म प्रारम्भ नगरिएको बताए । उनले संविधान पुनरावलोकन गर्न संसद्मा रहेका सबै दल र सरोकारवालालाई समेत समावेश गरेर अघि बढ्न सक्नुपर्ने बताए ।
उनले भने, ‘सात बुँदे सम्झौतामा यो सरकार बनेको हो । सा बुँदाहरूमा रहेका संविधानको पुनरावलोकन गर्ने कुरा, आर्थिक सुधार गर्ने कुरा, भ्रष्टाचारलाई निर्मूल गर्ने कुरा, दण्डहीनताको अन्त्य गर्ने र सुशासन दिने कुरामा सरकार चुकेको छ । र संविधानमा पुनरावलोकन गर्ने कुरामा चाहिँ नेपाली कांग्रेस र एमालेको दुई तिहाइ छ भनेर बनाउने होइन । संसदभित्र रहेका सबै दलहरूको प्रतिनिधित्व गरिकन सरोकारवालाहरूको समावेश गरेर जानुपर्छ । संविधान पुनरावलोकन गर्ने कुरा समय लाग्ने कुरा हो । तर ९ महिना भइसक्यो सुरु गरेको भए हुन्थ्यो ।’