arrow

पहाडी भेगमा वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपात सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
meteorological-forcasting-d.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भेगमा बदली रहने सम्भावना छ। बाँकी ठाउँमा भने मौसम सामान्यतया सफा नै रहनेछ, तर थोरै बादल देखिन सक्छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। यसका साथै, उच्च पहाडी र हिमाली भेगका एक-दुई ठाउँमा हल्का पानी वा हिउँ पनि पर्न सक्छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हावाहुरी चल्ने सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बादल लाग्नेछ। बाँकी ठाउँमा भने मौसम प्रायः सफा रहनेछ, तर केही ठाउँमा बादल देखिन सक्छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक-दुई ठाउँमा हल्का पानी वा हिउँ पर्न सक्छ।

अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। साथै, बंगालको खाडीबाट आएको पानी भएको हावाले पनि मौसममा केही असर गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ