arrow

राष्ट्रिय सभा

संवैधानिक परिषद् विधेयक दफावार छलफलका लागि विधायन समितिमा

राष्ट्रिय सभाको अर्को बैठक जेठ ५ गते बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
narayan-dahal-upper-house.jpg

काठमाडौं । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।

बुधवार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको हो। 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गरेको प्रस्तावलाई राष्ट्रिय सभाले सर्वसम्मतिले स्वीकृत गरेको अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे।

राष्ट्रिय सभाको अर्को बैठक जेठ ५ गते सोमबार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ