राष्ट्रिय सभामा पानीजहाज र पर्यटन विधेयकमाथि छलफल हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ७ बुधबार
2.4k
Shares
काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ।
बैठकमा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ।
यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नेछिन्। राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले शहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।