नाई पेसाकर्मीको अधिकार संरक्षण गर्न प्रतिबद्ध छौँ : डा कोइराला
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
426
Shares
फाइल तस्बिर
मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नाई पेसाकर्मीहरूको अधिकार संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल नाई सङ्घ केन्द्रीय परिषद्द्वारा विराटनगरमा आयोजित सङ्घको ३५औँ राष्ट्रिय सम्मेलन (परिषद्) को उद्घाटन गर्दै उनले नाई पेसामा आबद्ध सबै युवाहरू सङ्गठित भई आफ्नो अधिकार प्राप्त गर्ने पक्षमा लाग्नुपर्नेमा जोड दिए ।
नेता डा कोइरालाले नाईहरू औपचारिक मजदुर भएकाले सामाजिक सुरक्षामा जोड्न पहल गर्ने बताए ।
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर, नाई सङ्घ केन्द्रीय अध्यक्ष राजाराम ठाकुर, नेपाल ट्रेड युनियनका पूर्वअध्यक्ष खिलानाथ दाहाल, नेपाल ट्रेड युनियन कांग्रेसका उपाअध्यक्ष ज्योति कोइराला, उपसचिव देवदत्त बडू, कांग्रेस मोरङ सभापति भक्तिनाथ माझी लगायतले बोलेका थिए ।
त्यस अवसरमा दुई जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।