काठमाडौँ । बालाजु पौडी पोखरी सबैका लागि खुला गरिने भएको छ । उक्त पौडी पोखरी जेठ १८ गते आइतबारदेखि खुला गरिने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
पोखरीमा १८ लाख लिटर पानी अट्ने क्षमता छ । ५० मिटर लम्बाइ र १८ मिटर चौडाइ भएको पोखरीको गहिराइ ३ फिटदेखि १० फिटसम्म छ । पोखरीमा प्रयोग हुने पानीको शुद्धिकरणका लागि पानी शुद्धीकरण प्लान्ट स्थापना गरिएको छ ।
पानीको पीएच भ्यालु र क्लोरिन भ्यालुको सन्तुलन गर्न स्वचालित डिजिटल प्रणाली जडान गरिएको महानगरले जनाएको छ ।
१५० जना क्षमताको दर्शक बस्ने ठाउँ रहेको, व्यवस्थित शौचालय र स्नान घर भएको तथा लकरहरुको व्यवस्था गरिएको महानगरले जानकारी दिएको छ ।