रासस सेवाबारे भारतीय राजदूत श्रीवास्तवले लिए जानकारी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १६ शुक्रबार
765
Shares
काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रिय समाचार समिति (रासस) सेवाबारे जानकारी लिएका छन् ।
राजदूत श्रीवास्तवले राससद्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीका साथै रासस मिडिया सङ्ग्रहालय तथा रासस मिडिया सङ्ग्रहालयको अवलोकन गरेर रासस सेवाबारे जानकारी लिएका हुन् ।
राजदूत श्रीवास्तवलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले स्वागत गर्दै प्रदर्शित तस्बिरहरुको सङ्क्षिप्त रुपमा व्याख्या गरेका थिए । उनले रासस मिडिया सङ्ग्रहालय, समाचार सङ्कलन र समाचार सम्पादन शाखा, समाचार बुलेटिनका साथै राससको समाचार सेवाबारे अवगत गराएका थिए ।
त्यसैगरी राजदूत श्रीवास्तवले मिडिया सङ्ग्रहालयका सामग्री एवं उपकरणको अभिरुचिपूर्वक जानकारी लिएका थिए । राससको फोटो प्रदर्शनीले आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
राजदूत श्रीवास्तवले राससमा पहिलो पटक आएर महत्वपूर्ण तस्बिर प्रदर्शनी तथा राससका विविध सेवाका बारेमा जानकारी लिन पाउँदा खुशी लागेको बताए । गणतन्त्र दिवस २०८२ को सन्दर्भमा राससले केन्द्रीय कार्यालयमा यही जेठ ११ गतेदेखि फोटो प्रदर्शनी आयोजना गरेको हो ।