arrow

 ग्यास सिलिण्डर पड्किँदा आगलागी, दर्जन भन्दा बढी पसल जलेर नष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
fire-final.jpeg

बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिका ६ मा पर्ने बाम्का बजारमा आज दिउँसो ग्यासको सिलिण्डर पड्किँदा आगलागी भएको छ । 

बजारमा सञ्चालित एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीमा १२ वटा भन्दाबढी पसल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिए । 

आगलागीका कारण लाखौँको क्षति भएको अनुमान गरिएको बताउँदै उनले आगो लाग्नुको कारण भने खुल्न नसकेको उल्लेख गरे । हावाहुरीका कारण आगो नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगो नियन्त्रणका लागि सुरक्षाकर्मी, स्थानीय लागिरहेका छन् । आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ