गर्मी बढेसँगै काठमाडौँमा बढ्यो फलफूलको व्यापार [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
591
Shares
काठमाडौँ। पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा गर्मी अत्यधिक बढेसँगै फलफूलको व्यापार फस्टाएको छ। गर्मीबाट राहत खोज्दै उपभोक्ताहरूले विभिन्न प्रकारका फलफूल तथा जुसको उपभोग बढाएका छन्।
विशेषगरी, खरबुजा, केरा, सुन्तला, आँप, नरिवल, मेवा, अङ्गुर र स्याउ जस्ता फलफूलको बिक्री ह्वात्तै बढेको छ। काठमाडौंका हरेक फलफूल पसलहरूमा उपभोक्ताको चहलपहल बढेको देख्न सकिन्छ, जहाँ उनीहरू चिसो महसुस गराउने फलफूलहरूलाई प्राथमिकता दिइरहेका छन्।
फलफूल तथा जुस व्यवसायीका अनुसार, पछिल्लो केही दिनयता उखु र नरिवलको जुसको माग पनि ह्वात्तै बढेको छ। गर्मी याममा शरीरलाई चिसो राख्न र 'डिहाइड्रेसन' (जलवियोजन) बाट बच्न फलफूल र जुसहरूको ठूलो भूमिका हुन्छ। तरबुजा, खरबुजा, आँप, अनार, सुन्तला, स्ट्रबेरी, ब्लु बेरी जस्ता बेरी फलहरू, नरिवल पानी, बेलको जुस र निम्बू पानीको व्यापार बढेसँगै व्यवसायीहरू पनि उत्साहित बनेका छन्।
व्यवसायीहरूका अनुसार, पछिल्लो समय ग्राहकहरूले बोटलका जुस तथा अन्य पेयपदार्थभन्दा प्राकृतिक फलफूलको जुसलाई बढी रुचाउन थालेका छन्। यसले स्वास्थ्यप्रति बढ्दो सचेतनालाई पनि देखाउँछ ।