काठमाडौं । चिनियाँ सञ्चारमाध्यमले हिन्दूहरुको महत्वपूर्ण पर्व स्वस्थानी व्रतकथालाई महत्वकासाथ उल्लेख गरेको छ । चिनियाँ सञ्चारमाध्यमहरु सिन्ह्वा तथा ग्लोवल टाईम्सले पनि यसलाई महत्वकासाथ प्रकाशित गरेका छन् । ग्लोबल टाईम्सले विभिन्न सञ्चारमाध्यमको सहयोगमा माधवनारायण महापर्वको विषयमा फोटो फिचर नै हालेको छ ।
त्यस्तै, सिन्ह्वाले पनि हिन्दूहरुको यस पर्वको बारेमा महत्वका साथ समाचार प्रकाशित गरेको छ । ग्लोबल टाईम्सले दक्षिण एशियाली आफ्नो फोटो सेक्सनमा माधवनारायणको यो पर्वको विषयमा ४ वटा यस्ता फोटाहरु प्रस्तुत गरेको छ ।