arrow

राष्ट्रिय सभाको बैठक आज, विनियोजन विधेयक र खानेपानीबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १२ बिहिबार
narayan-dahal-upper-house.jpg

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजे बस्दैछ। यस बैठकमा महत्वपूर्ण कार्यसूचीहरूमाथि छलफल हुनेछ।

बैठकमा जगप्रसाद शर्माले खानेपानीमा नागरिकको सहज पहुँच पुर्‍याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नेछन्।

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले विनियोजन विधेयक, २०८२ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन्।

त्यस्तै, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ क को उपनियम (२) बमोजिम विनियोजन विधेयक, २०८२ सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

आजको बैठकमा विशेषगरी विनियोजन विधेयक र खानेपानीको विषयमा छलफल हुने भएकाले यसलाई चासोका साथ हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ