arrow

निजामती सेवा विधेयकमा 'कुलिङ पिरियड' हेरफेर

राष्ट्रिय सभामा उठ्यो 'कुलिङ पिरियड' मा चलखेल गर्नेलाई कारबाहीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १७ मंगलबार
mishra-upper-house.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले निजामती सेवा विधेयकमा 'कुलिङ पिरियड' को व्यवस्थामा गरिएको हेरफेर को सम्बन्धमा आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै उनले प्रतिनिधि सभाबाट पास भइसकेको विधेयकमा बुँदा नै थपघट हुनु आपत्तिजनक रहेको बताएका हुन्।

सांसद मिश्रले निजामती विधेयक प्रतिनिधि सभाबाट पारित भए पनि 'कुलिङ पिरियड' का बारेमा भनिएको र लेखिएको कुरामा फरकपन देखिएको औंल्याए। उनले यसलाई सांसदहरूमाथि 'विश्वासघात' भएको संज्ञा दिए।

"निजामती विधेयक प्रतिनिधि सभाबाट त पास भयो तर कुलिङ पिरियडका बारेमा भनिएको र लेखिएको कुरामा फरक छ," उनले भने, "सांसदहरू भन्छन्—विश्वासघात भयो। यसका सम्बन्धमा आवश्यक छानबिन गरी दोषीमाथि कारबाही होस्।"

कर्मचारीले अवकाश वा राजीनामा दिएको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्ति खान नपाउने गरी कानुनमै व्यवस्था गर्न राज्य व्यवस्था समितिमा सर्वसम्मति भएको थियो। तर, प्रतिनिधि सभाबाट पास गर्ने समयमा उक्त विधेयकमा घुसाएर नियुक्ति खान पाउने गरी व्यवस्था गरिएको छ, जसको चौतर्फी आलोचना भइरहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ