arrow

राष्ट्रिय सभाको आजको बैठकमा विनियोजनसहितका महत्त्वपूर्ण विधेयकमाथि छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १८ बुधबार
narayan-dahal-upper-house.jpg

काठमाडौँ। सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज दिउँसो ११:१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक र छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, र राष्ट्रिय योजना आयोगको सचिवालयसहित विभिन्न मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै, अर्थमन्त्री पौडेलले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। अर्थमन्त्री पौडेलले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८०’ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

यसैगरी, राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने कार्यसूची निर्धारण गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ