महोत्तरी। मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा रामचन्द्रसिंह कुशवाहाको निधन भएको छ। क्यान्सरबाट पीडित उनको उपचारका क्रममा मंगलबार वीर अस्पतालमा निधन भएको हो।
उनका पत्नी, दुई छोरा र दुई छोरी छन्। उनको पार्थिव शरीर पडरियास्थित निवासमा ल्याइएको छ र आजै अन्तिम संस्कार गरिने जनाइएको छ।
कुशवाहाको निधनमा नेपाली कांग्रेसका महोत्तरी जिल्ला सभापति नागेश्वर यादव, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष बलिराम यादव र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज प्रकाशहरि पोखरेलले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका छन्।