कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा, कन्काईले गर्यो जलसतह पार : उच्च सतर्कता अपनाउन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
572
Shares
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले कास्कीको लुम्ले र कन्काई क्षेत्रमा भारी वर्षा भइरहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले आज बिहान जारी गरेको एक सूचनामा कास्कीको लुम्ले र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ। यस कारण, यस क्षेत्रका साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै सावधानी अपनाउन भनिएको छ। यसअघि लमजुङको भुजुङ वर्षामापन केन्द्र र वरपरका क्षेत्रमा पनि यस्तै सावधानी अपनाउन आग्रह गरिएको थियो।
आज बिहान ५:३० बजे जारी अर्को सूचनामा विभागले इलामको कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरिसकेको जनाएको छ। सो आसपास वर्षाको मात्रा क्रमशः वृद्धि भइरहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा बस्नेहरूलाई आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले ध्यानाकर्षण गराएको छ।