arrow

बागमती प्रदेशमा किचलो: मुख्यमन्त्री लामाले गरे चार मन्त्रीलाई पदमुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १० शनिबार
bahadur-singh-lama-81-4-15.jpg

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले नेपाली कांग्रेसका चार जना मन्त्रीलाई पदमुक्त गरेका छन्। यो कदम कांग्रेसभित्रको बढ्दो किचलो र मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै आएको हो।

मुख्यमन्त्री लामाले पदमुक्त गरेका मन्त्रीहरूमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ, र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन रहेका छन्।

मुख्यमन्त्री लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पत्राचार गर्दै नेपालको संविधान २०७२ को धारा १६९ (२) (ख) बमोजिम ती चार जना मन्त्रीहरूलाई पदमुक्त गरिएको जानकारी गराएका छन्।

पदमुक्त गरिएका चारै जना मन्त्रीले शुक्रबार 'ह्वाट्सएप' मार्फत मुख्यमन्त्री लामालाई राजीनामा बुझाएका थिए। उनीहरू चारै जना नेपाली कांग्रेसबाट सरकारमा सहभागी भएका थिए। राजीनामा दिएसँगै शुक्रबार नै चार मन्त्रीसहित २१ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री लामाविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ