arrow

लहानको खुट्टी सिँचाइ नहर अलपत्र, किसान मर्कामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
siraha1.png

सिरहा । लहान–१० स्थित ग्रामीण चोकबाट उत्तरतर्फ खुट्टी नदीसम्म फैलिएको खुट्टी सिँचाइ नहरको अवस्था दयनीय बनेको छ। मधेस प्रदेश सरकारको ८ करोड ७२ लाख रुपैयाँ लगानीमा २०७८ सालमा निर्माण भएको यो नहर हाल अलपत्र अवस्थामा पुगेको छ।

सिँचाइका लागि बनाइएको नहर अहिले ठाउँठाउँमा जमेको फोहर, झारपात र ढल मिसिएको पानीले दुर्गन्ध फैलाउने अवस्थामा पुगेको छ। स्थानीयवासी तथा खुट्टी नहर सिँचाइ संघर्ष समितिले पटकपटक आवाज उठाउँदा पनि सम्बन्धित निकायले बेवास्ता गर्दै आएको गुनासो छ।

संघर्ष समितिका संयोजक धर्मराज चौधरी, सदस्य हेमन्त यादव, अजय चौधरी लगायतले मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी समक्ष सोमबार गुनासो पोख्दै नहर मर्मतका लागि आग्रह गरेका छन्।

उनीहरूले नहर सञ्चालनका लागि छुट्याइएको १५ लाख रुपैयाँ अपर्याप्त रहेको जनाउँदै पुनः ध्यानाकर्षण गराएका छन्।

मन्त्री लेखीले किसानहरूको समस्या समाधानका लागि सम्बन्धित मन्त्रालय र विभाग बढी जिम्मेवार रहेको औँल्याउँदै आफूबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ