कांग्रेस बागमती संसदीय दलमा आज नयाँ नेता चयन हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १४ बुधबार
684
Shares
काठमाडौँ। नेपाली कांग्रेस बागमती प्रदेशमा नयाँ संसदीय दलको नेता चयनका लागि आज मतदान भइरहेको छ। निवर्तमान नेता बहादुरसिंह लामाले पद गुमाएपछि नयाँ नेतृत्वका लागि प्रक्रिया अगाडि बढेको हो।
आज बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म उम्मेदवारी दर्ता भएको थियो। निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार, अपराह्न २:०० बजेदेखि ३:०० बजेसम्म मतदान जारी रहनेछ।
दलको नेताका लागि लामाविरुद्ध अविश्वासको प्रस्ताव गर्ने सांसदहरूको पक्षबाट इन्द्रबहादुर बानियाँ उम्मेदवार बनेका छन्। लामाको पक्षबाट भने उनी आफैं उम्मेदवार बन्ने वा अरू कसैलाई अघि सार्ने भन्ने टुङ्गो लागेको छैन।
अविश्वासको प्रस्ताव गर्ने सांसदहरूले बानियाँलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन्। तर, दलको नेता गुमाए पनि मुख्यमन्त्री लामाले भने मुख्यमन्त्री पद नछाड्ने अडान लिएका छन्।
यो मतदानले बागमती प्रदेश सरकारको आगामी राजनीतिक समीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।