arrow

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १६ शुक्रबार
kamal-bahadur-shah-sudurpashchim-province.jpg

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी विश्वासको मत लिएका हुन् ।

प्रदेशसभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्रीको पक्षमा ३० मत परेको थियो । कुल ४६ जना सदस्य उपस्थित रहेकोमा बहुमतका लागि २७ मत आवश्यक हुन्थ्यो । उनको विपक्षमा १५ मत परेको थियो ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिनेमा नेपाली कांग्रेसका १८, नेकपा (एमाले)का ११ र नागरिक उन्मुक्ति पार्टीका एक सदस्य (कैलाश चौधरी) थिए । विपक्षमा भने नेकपा (माओवादी केन्द्र)का १०, नेकपा (एकीकृत समाजवादी)का ३, राप्रपाका १ र एक जना स्वतन्त्र सदस्यले मतदान गरे । नागरिक उन्मुक्ति पार्टीका अन्य ६ सदस्य भने बैठकमा अनुपस्थित थिए ।

मुख्यमन्त्री शाहले विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै प्रदेशमा सुशासन र समृद्धिका लागि काम गर्न नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराइएको बताए । मन्त्रिपरिषद् हेरफेरपछि उठेका प्रश्नहरूको कारण विश्वासको मत लिनुपरेको उनले स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ