बागमतीका मुख्यमन्त्री बानियाँले मंगलबार विश्वासको मत लिँदै, मतदान गर्न ह्वीप जारी
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
540
Shares
मकवानपुर। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ।
शनिबार काठमाडौंमा भएको बैठकले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत लिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको हो।
बैठकले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम साउन २७ गते, मंगलबार दिउँसो ४ बजे बागमती प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने निर्णय गरेको छ।
संसदीय दलले आफ्ना सबै सदस्यहरूलाई उक्त बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।
यसैगरी, बैठकले संसदीय दलको कार्यसमिति पनि गठन गरेको छ। समितिमा प्रदेश सदस्यहरू श्रीराम लामिछाने, सुना परियार, मीनकृष्ण महर्जन र सुरजचन्द्र लामिछाने लगायत रहेका छन्।
साथै, छिरिङदोर्जे लामा, बिनु रायमाझी पौडेल र सुरजचन्द्र लामिछाने रहेको तीन सदस्यीय अनुशासन समिति पनि गठन गरिएको छ।