arrow
ADVERTISEMENT

[समय सन्दर्भ] : सितलहर र भारतको कृषि क्रान्ति ?

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
Agro.jpg.jpeg
चन्द्र धामी, काठमाडौं । डिसेम्बर अन्तिम तथा जनवरीको सुरुवातमा हुनु पर्ने चिसो पछिल्ला वर्ष केही छिटो हुने गरेको छ । अझै साविकको चिसो भइसकेको छैन । सितलहर सुरु भइसकेको छैन । कुहिरो लाग्ने समस्याले वायु चिसिएको मात्रै हो । मौसमविद् वरुण पौडेलले हाम्राकुरासंग भने,‘तत्काल वर्षाको सम्भावना छैन, पश्चिम उच्च हिमाली भेकमा हिमपात हुन सक्छ ।’ पौडेलले अहिले काठमाडौं उपत्यकाको वायुको तापक्रम अधिकतम १६ र १७ डिग्री सेल्सियस र न्यूनतम २ डिग्री सेल्सियसबीचमै रहेको जानकारी दिए । विहान लाग्ने कुहिरोका कारण भिजिविलिटी अलिक थोरै हुने गरेको छ ।
 
जुन भिजिविलिटीले प्राविधिक र यान्त्रिक कामहरु गर्न अफ्ठेरो हुन्छ । हवाई उडानकै लागि समेत ३ हजार मिटर बढी भिजिविलिटी आवश्यक रहेको बताउँदै पौडेलले भने,‘आजभोली विहान हुने आन्तरिक तथा बाह्य उडान हुनै सक्दैनन् ।’ ९ बजे पछि मात्रै विमान उडाउने सुरसार हुन्छ । त्यो पनि अन्तर्राष्ट्रिय मात्रै । आन्तरिक उडान स्थान र पस्थिति हेरेर हुने गरेका छन् । बढ्दो जलवायु परिवर्तन र प्रदुषणले कुहिरो लाग्न सहयोग गरिरहेको छ । प्रदुषणले सोझै चिसो बढाउने नभई प्रदुषणका कारण कुहिरो लाग्न सहयोग पुग्ने र बाक्लो कुहिरोले वायु चिसिने पौडेलको भनाई छ । नेपालको तराई क्षेत्रमा सितलहर सुरु भइनसकेको भएपनि चिसो बढेको छ । विगतका वर्षमा समेत सितलहर डिसेम्बर सकिएपछि मात्रै सुरु भएको रेकर्ड छ । 
 
भारतको कृषि क्रान्ति 
भारतको गंगा नदीबाट कयौं सिंचाई परियोजनाहरु चलिरहेका छन् । जसले भायरतीय कृषिमा ठूलो क्रान्ति ल्याएको छ । कृषिमा आएको क्रान्तिसंगै गंगा नदी आसपासमा आद्रता बढ्दो क्रममा छ । आद्रता दरले दिल्ली, उत्तर प्रदेश, विहार, राजस्थान मात्र नभई पास्तिानी भूभाग र बंगलादेश सम्म छोएको छ । ठूला सिंचार परियोजनाले सिंचित जमिनबाट जलवाष्फ आउँदछ । जसले कुहिरो लाग्न मद्दत गर्दछ । यस्तै, औधोगिक क्षेत्रको धुवा, धुलो समेत हावामै बस्दा वायु प्रदुषण तिब्र भएको छ । बढ्दो प्रदुषणले लाग्ने कुहिरोले एकै पटक  भारतको खास कृषि क्षेत्र, पाकिस्तानी भूभाग र बंगलादेश लगायत नेपालको तराई सम्म ढाक्दछ । जुन् घाम लागेर हट्ने खालको हुँदैन । त्यसैले कयौं पटक साता र महिना दिन सम्म घाम नलाग्ने समस्या हुन्छ ।
 
सितलहरको समस्याले जनवीवन चौपट हुने नै भयो । साथसाथै मानव स्वास्थ्य र व्यवहारमा निकै असरका पुग्ने गर्दछ । यसको अर्थ भारतीय कृषि क्रान्ति चिसो बढाउने प्रमुख कारक होइन । बढ्दो जनसंख्या, औधोगिकरण र जलवायुपरिवर्तन मूल समस्या हो । भारतीय कृषि क्रान्तिले मुलुकको आर्थिक बृद्धिदर र आत्म निर्भरतालाई निकै टेवा पुगेको छ । जसले बढ्दो खाद्य संकटलाई सन्तुलन गर्न मद्दत गरिरहेको छ । कृषकको गौरव नै सरकारको गौरब बनेको छ ।
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत कृषि क्रान्तिका लागि महत्वकांक्षी रणनीति अघि सारेका छन् । भारतीय कृषक सफलताका खातिर प्रतिकुलतालाई चुनौती दिइरहेका छन् । ता की उनीहरुलाई चिसो सैह्य छ । तर, खाद्य संकट असैह्य । यसको तुलनामा नेपालको कृषि प्रवद्र्धन निकै पछि  छ । जसकारण नेपाल पर निर्भर रहँदै आएको छ । नेपालको तराई क्षेत्र चिसो मात्रै खेपिरहयो ।  खाद्य संकट र आपूर्ति समस्या चिर्न उर्भर तराई खुल्न सकेको छैन । सरकार र नीजि क्षेत्रको ध्यान खिच्न सकेन तराईले । वर्षेनी सितलहरले पिल्सीरहयो  र जाग्न सकेन ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ