देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ, उकास्ने जिम्मा सबैको: शेखर कोइराला
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
576
Shares
काठमाडौं। नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले देशको राजनीतिक र सामाजिक अवस्था दिनहुँ अधोगति तिर गइरहेको बताएका छन्। उनले यो अवस्थालाई उकास्ने जिम्मेवारी विद्यालय, राजनीतिज्ञ र कर्मचारीहरूको भएको बताएका छन्।
काठमाडौंमा ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कोइरालाले सबै मिलेर सकारात्मक सोचका साथ अघि बढे मात्रै देशलाई अगाडि बढाउन सकिने धारणा राखे। उनले लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्त्वपूर्ण रहेको भन्दै शिक्षित समाज निर्माण गर्न जरुरी रहेको बताए।
सांसद कोइरालाका अनुसार, राज्यमा रहेका सामुदायिक विद्यालयहरूलाई राम्रो बनाउन सरकारले विशेष ध्यान दिनुपर्छ। "कनिका छरेको जस्तो अनुदान दिएर विद्यालयको विकास हुन सक्दैन," उनले भने। शिक्षाले नै विश्वमा देशलाई चिनाउन सक्ने भएकाले शिक्षालाई नै पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।