वासिङ्टन डिसी (अमेरिका)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी राजनीतिमा देखिएको आश्चर्यजनक र सनसनीपूर्ण सङ्क्रमणकालको अन्त्य हुन लागेको छ । यो समयले आगामी दिनमा ट्रम्पसँगको जीवन कति अकल्पनीय हुनेछ भन्ने जगजाहेर भइसकेको छ ।
राष्ट्रपति निर्वाचनपछिको सङ्क्रमणकाललाई ट्रम्पले आफ्नो पदाधिकारी छनौट र आगामी दिनमा अमेरिकाले कस्ता प्रकृतिका विषयमा झन्झट व्यहोर्न पर्नेछ भन्ने विषयको अध्ययन गर्न प्रयोग गर्नुभयो तर आफुले राष्ट्रपतिको पदभार सम्हालेपछि अवलम्वन गर्ने नीतिका बारेमा खासै महत्वपूर्ण निर्णय सार्वजनिक गरिसक्न’भएको छैन । यद्यपि मौखिकरुपमा उहाँका विचारहरु भने राख्दै आउनुभएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँले आफ्नै खालको पृथक विदेश नीतिको व्यवस्था गर्ने धुनमा हुनुहुन्छ ।
अमेरिकी राजनीतिक अभियानबाट प्राप्त उहाँको उपलब्धि अर्थात् राष्ट्रपतिमा निर्वाचित भएको केही हप्तामै ट्रम्पले ट्वीट गर्दै बेलायतलाई यूरोपियन यूनियन (इयू)बाट बहिर्गमनका लागि सफलतापूर्ण अभियान चलाएका निगेल फ्यारेजलाई अमेरिकाका लागि बेलायती राजदूत बनाउन बेलायत सरकारलाई सल्लाह दिनुभयो । उहाँलाई कुनै पनि देशको सरकारले आफ्नो राजदूत आफैँ छान्छ भन्ने जानकारी नभएको हुनसक्छ । माननीय किम ड्यारोक ट्रम्पको सो सन्देशपूर्व नै अमेरिकाका लागि बेलायती राजदूतका ? पमा छानिइसक्न’ भएको थियो । लगत्तै बेलायत सरकारले बेलायती ड्यारोक नै अमेरिकी राजदूत रहने घोषणा गर्यो ।
त्यसको लगत्तै ट्रम्पले ताइवानी राष्ट्रपति साई यिङ वेङलाई यसअघि अमेरिकी प्रशासनले स्वीकार्दै आएको एक चीन नीति हुनेगरी ताइवानी राष्ट्रपतिसँगको सम्वाद आयो । एक चीन नीतिलाई अमेरिकी राष्ट्रपतिको दल रिपब्लिकन पार्टी र यहाँको डिमोक्रेटिक पार्टी समेतले करिव ४० वर्षदेखि समर्थन जनाउँदै आएका छन् । चीनले ट्रम्पको अभिब्यक्तिको कडा रुपमा आलोचना गर्यो जसका कारण ट्रम्पले अर्को एक सन्देश लेख्दै एक चीन नीतिप्रति आफु प्रतिवद्ध रहेको जनाउनुभयो ।
ओवामा प्रशासनद्वारा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा वेस्ट बैङ्क र पूर्वीजेरुसेलममा वस्ती विस्तार गर्ने विषयमा मतदान नगर्ने निर्णयलाई लिएर गत डिसेम्वरमा ट्रम्पको तत्कालिन सरकार विरुद्धको हस्तक्षेप अहिलेसम्मकै उच्च विवादका रुपमा प्रकट भयो ।
परम्परागत रुपमा लामो समयसम्म अमेरिकी प्रशासन प्यालेष्टिनीको इजरायलद्वारा चर्चिंदै आएको पूर्वी जेरुसेलम र वेस्ट बैङ्कस्थित भू–भागका विषयमा इजरायलको पक्षमा भिटो प्रयोग गर्दै आएको थियो । पछिल्लो समयमा उक्त विवाद ‘दुई देशीय’ पहलमा टङग्याइनुपर्ने पक्षमा देखिन थालेको छ । यसमा ओवामा प्रशासनले विश्व समुदायको विचारलाई सकारात्मक रुपमा लिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले यस पहिले नै आपूm इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहरुको पक्षमा उभिने उभिने सङ्केत गरिसक्नुभएको छ । बेन्जामिन तथा इजरायली सरकार प्यालेष्टिनीद्वारा आफ्नो दावी गर्दै आएको उक्त भूमिमा वस्ती बिस्तार गर्ने पक्षमा रहनु स्वभाभिक भएपनि विवाद समाधान नगरी बस्ती बसाउन गरेको प्रयासको अन्तरराष्ट्रिय समुदायले रुचाएको छैन ।
ट्रम्पले सो मुद्दालाई आफ्नो कार्यकालमा हेर्ने इच्छा प्रकट गर्दै इजिप्टका राष्ट्रपति अव्देल फतेह अल सिसीलाई फोन गरी सुरक्षा परिषद्मा पेश गरिएको वस्ती विस्तार रोक्ने सम्वन्धि सङ्कल्प प्रस्तावलाई ढिलो गरी प्रस्तुत गर्न आग्रह गर्नुभएको थियो । तर प्रस्ताव एकदिनमात्र ढिलो गरी प्रस्तुत गरियो । राष्ट्रपति ट्रम्पले कार्यकाल सकेर भर्खरै विदा हुनुभएका बाराक ओबामा प्रशासनको इजरायली पक्षमा भिटो नलगाउने कदमको कडा आलोचना गर्नुभयो ।
इजरायलका लागि आफ्नो दूतमा विदेश नीतिको अनुभव नभएका तर बस्ती बिस्तारका पक्षधर बकीललाई नियुक्त गरियो । योभन्दा अझै अचम्मको कुरा राष्ट्रपति ट्रम्पको भ्लादिमिर पुटिनप्रतिको आकर्षण सङ्क्रमणकालको अनौठौँ प्रसङ्ग बन्नपुग्यो । राष्ट्रपति ट्रम्प र पुटिनबीच शनिबार फोनबार्ता हुने कार्यक्रम छ । यसप्रति एकाध अपबादलाई छोड्ने हो भने यूरोप खुशी देखिने अवस्था छैन । ट्रम्पले यसलाई वर्षौदेखि रसिया र अमेरिकावीच देखिँदै आएको चिसो सम्वन्धलाई सुधार्ने एउटा नवीन प्रयास भएको जनाउदै आउनुभएको छ ।
पत्रकारले पुटिनप्रतिको यो सदासयतामाथि ससङ्कित बन्दै ट्रम्पका यी अभिव्यक्तिविरुद्ध कलम चलाइराखेका पाइन्छ । यही जनवरी १०मा एउटा यस्तो समाचार बाहिर आयो जसले राष्ट्रपति ट्रम्पलाई पनि झस्काएको हुनुपर्छ । अमेरिकी गुप्तचर निकायले तत्कालिन राष्ट्रपति ओवामा र राष्ट्रपति ट्रम्पलाई ट्रम्पका क्रियाकलाप र नीजि जीवनका बारेमा अपुष्ट आरोपहरु सार्वजनिक गरिदियो । भलै यी आरोपका विषयमा शङ्काउपशङ्का उत्तपन्न भएका छन् । यो पक्का छ कि पुटिन र रसियासँगको ट्रम्प र अमेरिकी सम्वन्धमा त्यति सजिलै अनि छिट्टै सहजता आउने देखिन्न । ट्रम्पका पुटिनसम्वन्धी धारणा अमेरिकी समाजका लागि चिन्तायुक्त सन्दर्भ बन्नसक्छन् । कुरा यो छ कि के ट्रम्पले पुटिनलाई यूक्रेन हस्तक्षेपमा सघाउने कुरामा सल्लाह दिन सक्छन् ।
आफ्नो चुनावी अभियानका समयमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)का बारेमा नेटोको अवमूल्यनहरुने गरी आएका कुराले ट्रम्पसँग चिढिएको नेटोसँगको सम्वन्धमा पुनःविचार नगर्ने हो भने ट्रम्पले रसियाली नेता वा प्रशासन वाल्टिक क्षेत्रमा आक्रामक हुँदा कसरी मुकावला गर्नुहुनेछ यो प्रश्न उब्जिएको छ । नेटो सहयोगी राष्ट्रपति चुनावी अभियान र त्यसपछि पनि दिएका उत्तेजनात्मक एवम् चेतावनीमूलक अभिव्यक्तिले कतै पुटिनले ट्रम्पलाई खेलाएका त छैनन् शङ्का उब्जाएको छ ।
राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको बलियो प्रतिद्वन्दी मानिएकी डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएकी हिलारी क्लिन्टन र उहाँको चुनावी अभियानका प्रमुखलगायतका सम्वन्धमा विकिलिक्समार्फत् चुहिएका इमेलका कारण ट्रम्प आपूm विजय भएको विश्वासमा पुटिनप्रति कृतज्ञ देखिनुभएको त होइन । अन्यथा गत अक्टोबरमा विभिन्न अमेरिकी गुप्तचर संस्थाहरुले दिएको जानकारी अनुसार अमेरिकी निर्वाचनमा रसियाको हस्तक्षेप पाइएको भन्ने विषयप्रति ट्रम्प गम्भीर किन नहुने ?
अमेरिकी कँग्रेसमा प्रतिनिधित्व गरेका रिपब्लिकन पार्टी वा डेमोक्रेटिक पार्टीका कैयौँ सदस्यहरुले ट्रम्पले गुप्तचर निकायबाट प्राप्त सूचनाको वेवास्ता गर्नु अन्यायपूर्ण भएको ठहर गरेका छन् । उनीहरुको विचारमा कटिवद्ध सरकारी कर्मचारी जसलाई उच्च जोखिमपूर्ण जिम्मेवारीमा लगाइन्छ उनीहरु कै अविश्वास गर्नु ट्रम्पकै लागि घातक हुनसक्ने बताएका छन् । यसबाहेक उनीहरुको प्रयोग गरेर रणनैतिक कार्यक्रम तयार गर्नुपर्ने हुँदा ट्रम्पले गुप्तचर रिपोर्टलाई विश्वास गर्नु विवेकपूर्ण ठहरिने छ ।
ट्रम्पले निर्वाचनको नतिजामा रसियाको हस्तक्षेपलाई अस्वीकार गर्दै आएनुभएको छ । अमेरिकी गुप्तचर निकायले पनि रसियाले सन् २०१६ को राष्ट्रपतिय निर्वाचनमा अकल्पनीय रुपमा हस्तक्षेप गरेको भन्ने आरोपलाई पुष्टि गर्ने पहल गरेको भेटिँदैन । सबै समय विषयमा ट्वीट गरी आफ्नो विचार राख्ने बानीले बतिपय अवस्थामा समस्या पार्नसक्छ । बढी चिन्ताको विषय क छ भने सङ्क्रमणकाल मै यति धेरै प्रशासनिक तथा नीतिगत कुरामा हात हाल्ने र विवादित बन्ने ट्रम्पले राष्ट्रपतिको पूर्ण शक्ति प्राप्त गर्दा झन् समस्या त पर्ने होइन यही सोचनीय विषय बनेको छ । प्रोजेक्ट सिन्डिकेट -(एलिजावेथ ड्रिउ ‘द न्यूयोर्क रिभ्यु अफ बुक्स तथा ‘वासिङ्टन जर्नल’ का लेखक हुन् ।)