सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय आपत्तिजनक : शेखर कोइराला
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
433
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको कडा आलोचना गरेका छन्। उनले जनचाहनाअनुरुप काम गर्न नसकेपछि आलोचनाबाट बच्न सरकारले अदालतको आदेशलाई बहाना बनाएको आरोप लगाएका छन्।
डा. कोइरालाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “जनचाहना र आफ्नै प्रतिबद्धताअनुरूप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ।”
उनले सरकारको यस निर्णयका कारण कैयौँ नेपालीको रोजिरोटी खोसिने भन्दै तत्काल यो कदम सच्याउन माग गरेका छन्। उनले सामाजिक सञ्जाललाई बन्द गर्नुको सट्टा मर्यादित बनाउने गरी नियमन गर्नुपर्नेमा जोड दिएका छन्।