arrow

शिक्षामा भ्रष्टाचार बढ्दै

ऐन, नियम कार्यान्वयन गरी अनुगमनमा जोड दिन सुझाव

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७३ माघ १७ सोमबार
education.jpeg
कञ्चनपुर।  शिक्षा क्षेत्रमा व्यापक भ्रष्टारचार बढ्दै गएको एक अवधारण पत्रमा उल्लेख गरिएको छ । अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको ‘वर्तमान शिक्षाको अवस्था र आगामी शिक्षा नीति अन्तरक्रिया कार्यक्रममा प्रस्तुत भएको उक्त अवधारणा पत्रमा शिक्षामा भ्रष्टाचार बढ्दै गएको उल्लेख गरिएको छ । 
 
अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लाल बहादुर बिसीले प्रस्तुत गरेको संघीय नेपालको शिक्षा अवधारणा पत्रमा शिक्षामा निजिकरण, वैदेशिक हस्तक्षेप र राज्य शिक्षा प्रणाली बिमुख भएको उल्लेख गरिएको छ । 
 
शिक्षा ऐन, नियमावली परिर्वतन अनिवार्य रहेको औल्याउदै शिक्षा पद्धति परिर्वतन नगर्दा समाज नबने दाबी गरिएको छ । राणाकालिन सोचमै अभिएर शिक्षा दिने दार्शनिक समस्या रहेको समेत कार्यपत्रमा उल्लेख गरिएको छ । ‘रुढिवादी दृष्ट्रिकोण कायमै, किताबी ज्ञानमा सिमित हो ।, ‘कार्यपत्रमा भनिएको छ,  ‘अझै पनि गरिब, विपन्न, किसान, मजदुरका सन्तान शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था कायमै छ ।’ 
विदेशीहरुले आफ्नो स्वार्थशिद्ध गर्नका लागि शिक्षामा लगानी गरिरहेको बताउदै अझैपनि सरकारी स्वकृति बिनै विदेशी विद्यालय संचालनमा रहेको दावि गरिएको छ । कक्षा १ मा भर्ना हुँदा १० सम्म पुग्दा विद्यार्थीहरु हराउदै जानु दुखत भएको टिप्पणी समेत गरिएको छ । घोकन्ते, परिक्षामुखी, परम्परागत द्वैत शिक्षा नीति हुँदा समेत शिक्षाका व्यवहारिक नआएको आरोप लगाईएको छ । 
 
शिक्षालाई उत्पादन, परिमाणमुखी, सिपमुलक, औद्योगिकरण, हुनुपर्ने सुझाव दिईएको छ । भने शिक्षक, विद्यार्थी र अभिभावक विच निरन्तर अन्तरक्रियामा जोड दिईएको छ । कार्यक्रममा बोल्ने अधिकाँस वक्ताहरुले शिक्षामा आमुल परिर्वतन आवश्यक रहेको औल्याईएको छ । सरकारी निकायमा उच्च पदस्थ कर्मचारी, राजनीतिक दलकै व्यक्तिहरुले निजी विद्यालयमा मलजल गरेको समेत बताएका छन् ।
 
नेपाल शिक्षक संगठन कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष विष्णू दत्त भट्टले स्वागत मन्तव्य राख्दै शिक्षामा भएको निजीकरण र व्यवसायिकरणले समस्या उत्पन्न गरेको बताए । बैजनाथ नमुना उमाविका प्रअ नरेन्द्र राज जोशीले एकै किसिमको शिक्षा नीति हुनुपर्नेमा जोडदिए । ‘हामीले नै स्वयम निजी विद्यालयमा आफ्ना छोराछोरी पढाईरहेका छौँ, ‘उनले भने, ‘परिर्वतनका लागि आफैबाट सुधार गर्नुपर्छ ।’ 
 
नीति निमार्ण, कार्यान्वयन तहमा रहेका जिम्मेबार निकायबाटै नीति तथा कार्यक्रममा समस्या रहेको छ । मातृभाषामा समेत पठन पाठन हुनुपर्नेमा जोड दिईएको छ । साथै शिक्षाको लगानी स्वदेशी हुनुपर्ने तथा ऐन, नियम कार्यान्वयन गरी अनुगमनमा जोडदिनु पर्ने सहभागीहरुले सुझाव दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ