arrow

बजेट नल्याएका आधा दर्जन पालिकाको बैँक खाता रोक्का

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
siraha1.png

सिरहा । चालु आर्थिक वर्ष शुरू भएको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि सिराहाका आधा दर्जन (छ वटा) पालिकाले अझै बैंक खाता सञ्चालनमा ल्याउन सकेका छैनन् ।

आवश्यक कानूनी प्रक्रिया पूरा गर्न नसक्दा ती पालिकाको खाता सञ्चालनमा आउन नसकेका हुन् । कोष तथा लेखा नियन्त्रक कार्यालय सिरहाका सूचना अधिकारी तथा कोष नियन्त्रक दीपेशकुमार शर्माका अनुसार, जिल्लाका १७ मध्ये ११ वटा पालिकाको खाता सञ्चालनमा आइसकेको छ भने बाँकी छ वटा पालिकाको खाता हालसम्म पनि सञ्चालनमा आएको छैन ।

खाता सञ्चालनमा नआएका पालिकामा धनगढीमाई, सुखीपुर, सिरहा नगरपालिका, साथै भगवानपुर, बिष्णुपुर र बरियारपट्टी गाउँपालिका छन् ।

शर्माका अनुसार, खाता सञ्चालनका लागि पालिकाले चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट नगर वा गाउँसभाबाट पारित गरी कार्यालयमा बुझाउनु आवश्यक हुन्छ ।

साथै, पालिका प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार नदिएसम्म खाता सञ्चालन गर्न पाइँदैन । सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त स्रोत खर्च गर्दा पनि कानूनी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ ।

बैंक खाता सञ्चालन नहुँदा ती पालिकामा कर्मचारीको तलब, भत्ता, विकास निर्माणलगायतका आर्थिक गतिविधि प्रभावित भएका छन् ।

हालसम्म खाता सञ्चालनमा आइसकेका ११ पालिकामा सखुवानन्कारकट्टी, नवराजपुर, लक्ष्मीपुर पतारी, अर्नमा, औरही, नरहा गाउँपालिका र लहान, गोलबजार, कल्याणपुर, कर्जन्हा, मिर्चैया नगरपालिका रहेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ