arrow

प्रकाशशरणको पत्रकार भेटघाट

लोकतन्त्र कमजोर पार्न खोज्ने शक्ति सफल हुने छैनन्: कांग्रेस प्रवक्ता महत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
prakash-sharan-mahat-nc-05-06.jpg

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्तिहरू सफल नहुने बताएका छन्। उनले फेरि पार्टीहरू जागरुक र एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत बनाउन अघि बढ्ने बताएका छन्।

आईतवार बिहान महाराजगञ्जस्थित निजी निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महतले भने, "हामी फेरि माथि उठ्छौँ। लोकतन्त्रलाई कमजोर गर्न खोज्ने, देशलाई कमजार गर्न खोज्ने शक्ति सफल हुनेछैन। फेरि पार्टीहरू जागरुक भएर, एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत गर्न हामी अघि सर्नेछौँ।"

प्रवक्ता महतले हालैका घटनाक्रमहरूले पार्टी कार्यालय र नेताहरूको घरमा आगजनी तथा तोडफोड भए पनि काँग्रेसले आत्मविश्वास नहारेको र पुनः जागरुक भएर उठ्ने अठोट व्यक्त गरेका छन्। उनले पार्टीभित्र भएका कतिपय कमजोरी र त्रुटिहरूलाई पनि समीक्षा गरेर अघि बढ्ने बताए।

उनले ठूलो बलिदान र त्याग तपस्याबाट राजनीतिक दलहरू निर्माण भएको उल्लेख गर्दै राजनीतिक दलहरूलाई थाङथिलो पार्ने षड्यन्त्रअनुसार काम भइरहेको आरोप लगाए। प्रवक्ता महतले काँग्रेसले समीक्षासहित आगामी कार्यदिशा तय गर्ने र नेपाललाई विकास निर्माण र रोजगारीको कोषमा लैजाने विषयमा गम्भीर चिन्तन गर्ने जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ